BREKING NEWS:


शेाखर बहादुर क्षेत्री
बीरगंज माघ १६ गते
उपप्रधानमन्त्रि तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष बिजयकुमार गच्छेदारले उच्चस्तरीय राजनितिक संयन्त्रमा प्रधानमन्त्रि र मधेशवादी दलहरुको अनिवार्य सहभागिता हुनु पर्ने बताएका छन् । रीपोटस्र क्बल पसा्रले शनिबार वीरगंजमा आयोजना गरेको साक्षात्कारमा गच्छेदारले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने ुप्रधानमन्त्रि र मधेशवादी दलको प्रतिनिधित्व बिना संयन्त्र पूर्ण हुदैनु ।
उनले सुजाता कोईराला वा आफू उक्त संयन्त्रमा हुनै पर्छ भनि दाबि नगरेको पनि बताए । उनले भने ुसंयन्त्रमा त के एक पटक मधेशीलाई प्रधानमन्त्रि बनाएर हेर्दा पनि के फरक पर्छ र ु उनले उच्चस्तरीय राजनितिक संयन्त्रको आफू बिरोधी नभएको जिकिर गर्दै यसले सहजकर्ताको भूमिका खेल्नु पर्ने र मुलुकको सबै समस्याको निकास गर्नु पर्ने बताउदै संयन्त्रले सत्ता परीवर्तन नगर्ने र मुलुकलाई द्वन्दमा धकेल्ने काम नगर्नेमा आफू बिश्वस्त रहेको पनि बताए । उनले बर्तमान सरकारको बिकल्प नरहेको र कसैले चाहदै तथा भन्दैमा यो सरकार परीवर्तन हुने अवस्था नरहेको पनि बताए ।
उनले आफू फोरम अध्यक्ष उपेन्द्र यादबको तुलनामा जुनसुकै कुरामा अब्बल रहेको दाबी समेत गरेका छन् । उनले भने ुउपेन्द्र यादबको न त मसंग उमेर अनुभव राजनिति कुनै पनि कुरोमा तुलनै छैन म उनी जस्तो कसैको बैशाखी टेकेर सरकारमा गएको होईन उनले फोरमको रुपमा बच्चा त जन्माए तर त्यसलाई फुटपाथमा ल्याएर छाडिदिएकाले मैले उनले फुटपाथमा छोडेको पार्टी र मधेशको भावनालाई बोकेर अघि बढाउने काम गरी रहेको छु । फोरम र थरुहट संघर्ष समितिको बिच भएको कार्यगत एकतालाई अस्वाभाविक भन्दै गच्छेदारले उपेन्द्र यादबले मधेश र लक्ष्मण थारुले थरुहटको नारा छोडी सकेको भन्दै्र तरवार र घिउको सम्बन्ध कहिल्यै हुन नसक्ने पनि बताए ।
माओवादी जनसेनाको सेनामा प्रवेशको आफू बिरोधी नभएको बताउदै योग्य र मापदण्ड पुगेका माओवादी मात्र सेनामा प्रवेश हुने योग्य बताउदै उनीहरुलाई औद्योगिक सुरक्षा बल तथा अन्य सुरक्षा निकायमा समावेश गराउन सकिने बताए । उनले माओवादीले हाल चलाएको भारत बिरोधी आन्दोलनलाई अतिवादको संज्ञा दिदै असल छिमेकीहरुसंग सम्बन्ध बिगारेर जथाभावी बोलेर खोक्रो राष्ट्रवाद देखाएर असल मित्रलाई दुश्मन बनाउने काम गरेर माओवादीकै हित नहुने बताए । प्रचण्डले हालको आफ्नो अन्र्तवार्तामा भारतसंग बेटी र रोटीको सम्बन्ध रहेको बताउदै आफ्नो भारत बिरुद्धको उग्र लाईनबाट पछाडी हटी सकेको समेत गच्छेदारले बताए । उनले बर्तमान सरकार यस अघिको सरकार भन्दा तुलनात्मक रुपमा केही सफल रहेको दाबि गरे ।
बर्तमान सरकार राजनितिक रुपमा सफल रहेको दाबि गर्दै उनले संविधान निर्माण विकास निर्माण सेना समायोजन शान्ति प्रकृया जस्ता मुद्दामा सरकार सफलतापूर्वक अगाडी बढी रहेको उपप्रधानमन्त्रि गच्छेदारले निजगढ काठमाडौ दु्रत सडक निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण मेलम्ची खानेपानी आयोजना तराईमा हुलाकी मार्ग निर्माण जस्ता दीर्घकालिन आयोजनालाई सरकारले क्रमशः अगाडी बढाउदै लगेको पनि दाबि गरे ।
उच्छेदारले निर्धारीत समय भित्रै नया संविधान निर्माण हुनेमा आफू बिश्वस्त रहेको पनि बतँए । उनले मुलुक कमजोर राजनितिक व्यवस्थापनको कारणले बिग्रीएको बताउदै ठूला दलका ठूला नेताहरुले दल र मुलुक दुबै चलाउन असफल भएको र सहिदको भावना अनुरुप काम गर्न नसकेकाले समस्या भएको आरोप लगाए । उनले गिरीजा प्रसाद कोईराला पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरुको नाम िलंदै मुलुकको पोलटिकल म्यानेजमेन्ट यीनै नेताले बिगारेको र आफ्नो यस आरोपको कसैले प्रतिवाद गर्न नसक्ने पनि बताए ।
हालै आफू िसंगापुरबाट स्वास्थ्य उपचार गराएर फर्केको र त्यहा हुदा आफूले त्यहास्थित नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नेपाली ठूला दल तथा संसदमा प्रतिनिधित्व गरेका सबै दलका नेतालाई एक पटक िसंगापुरको भ्रमण गराएर िसंगापुरले कसरी कम समयमा उन्नती गर्यो भन्ने कुरो देखाउनु पर्ने धारणा व्यक्त गर्दा त्यहास्थित नेपालीहरु आफुनो उक्त भनाईबाट अत्यन्त सन्तुष्ट भएको उनले बताए । मुलुकको राजनितिक व्यवस्थापन सही ढंगबाट हुने हो भने आउदो दुई दशकमा नेपाल िसंगापुर बन्न सक्ने पनि उनले ठोकुवा गरेका थिए ।





फोरम लोकतान्त्रिक स्वायत्त मधेश प्रदेशको अडानमा यथावत रहेको बताउदै गच्छेदारले १४ प्रदेश फोरमलाई अमान्य रहेको पनि बताए । संघियताले मुलुक नटुकि्रने बताउदै उनले यसबाट मुलुक झन सबल हुने बताए । पत्रकार सम्मेलनमा उपस्थित रहेकी कृषि तथा सहकारी राज्यमन्त्रि करीमा बेगमले पसा्रका तत्कालिन प्रजिअ दुर्गाप्रसाद भंडारीलाई दुव्र्यवहार गरेको घटनामा उनले दुई पटक माफी मागी सकेकाले अब त्यो प्रसंगलाई समाप्त गर्न समेत गच्छेदारले संचारकर्मीहरुलाई आग्रह गरेका थिए । साक्षात्कार रीपोटस्र क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 comments: