BREKING NEWS:


आन्दोलनमा बलिदान मुस्लिम समुदाको - यादव

श्ोखर छतकुली
बीरगंज पुस २८ गते
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले नेपालको ईतिहासमा नेपालको आन्देालन होस वा मधेशको आन्दोलन होस सब भन्दा बढी योगदान र बलिदान मुस्लिम समुदायल दिएको बताउनु भएको छ । मधेशी मुस्लिम फोरम नेपालले बीरगंजमा मेहमान नवाजी कार्यक्रममा यस्तो बताएका हुन । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष यादबले आर्थिक बर्तमान सरकार मुलुकको ईतिहासमै सबैभन्दा लाचार र कमजोर सरकार रहेको आरोप लगाएका छन् । फोरमको मंगलबार देखी वीरगंजमा सुरु हुने केन्द्रीय बिस्तारीत बैठकमा भाग लिन आएका यादबले संचारकर्मीहरुलाई दिएको संक्षिप्त अन्र्तवार्तामा यस्तो आरोप लगाएका हुन् ।
उनले भने ुयो सरकार ईतिहासमै सबैभन्दा लाचार र कमजोर सरकार हो अंक दिने हो भने यो सरकार एक अंक पनि नदिने हैसियतको छ ु । सरकार पूर्ण रुपमा बिफल भई सकेको आरोप लगाउदै यादबले शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसक्ने राजनितिक सहमति जुटाउन नसक्ने बर्तमान सरकार हरेक क्षेत्रमा असफल भई सकेको र सरकारकै कारण मुलुकको अर्थतन्त्र समेत धराशायी भई सकेको उनले आरोप लगाएका थिए । उच्चस्तरको प्रशासकहरुले मन्त्रिबाट लात जुत्ता खाने र गुण्डाहरुको गोली खाने अवस्था आउनु यसको ज्वलन्त उदाहरण भएको पनि उनले बताए ।
हालै निर्माण भएको उच्चस्तरीय संयन्त्रको गठन प्रति आफूहरुको आपत्ति रहेको बताउदै यादबले बर्तमान संयन्त्रलाई तीन दलको मात्र संयन्त्र बनाईएकोमा गम्भिर आपत्ति समेत जनाएका थिए । उनले वृहछ छलफल र गृहकार्यबाट मात्र यो संयन्त्र निर्माण गरीनु पर्नेमा त्यसो नभएको आरोप लगाएका थिए । उनले संयन्त्रको क्षँेत्राधिकार के र कति हुने यसको निर्णयहरुलाई सरकारले मान्नु पर्ने वा नपर्ने नमाने के हुने जस्ता प्रश्न गम्भिर रहेको बताए । संयन्त्रको नाममा तीन दलका नेताले चिया खाने र गफ गर्ने थलो मात्र पाएको टिप्पणी गर्दै यादबले तीन दलबिच बिगत सात आठ महिना देखी वार्ता हुदै आएको तर ति वार्ता निष्फल हुने र कुनै टु¨ाेमा नपुग्ने कुरा देखिदै आएकोमा बर्तमान संयन्त्रबाट पनि ठूलो आशा नरहेको बताए ।
अध्यक्ष यादबले बर्तमान अवस्थामा संविधान निर्माण हुन नसक्ने बताउदै सहमति गरेर अघि बढे भने बाकी समयमा पनि संविधान निर्माण संभव रहेको बताएका थिए । उनले उपप्रधानमन्त्रि सुजाता कोईरालाले पदिय आचरण र मर्यादा बाहिर गएर संघियताको बिरुद्ध अभिव्यक्ति दिई रहेको आरोप लगाउदै हालको अवस्थामा राप्रपा जनमोर्चा र नेपाली काग्रेसको एउटै निति हो भनि आम जनतामा सन्देश प्रवाह भएको पनि आरोप लगाएका लगाए । संघियताको बिरुद्ध मन्त्रिले बोल्नै नमिल्ने उनको भनाई थियो । यसबाट सत्तारुढ दलहरु संघियताको बिरोधमा लागेको साबित भएको पनि उनको आरोप थियो । ु ।
समारोहमा यादब लगायत फोरमका केन्द्रीय महासचिव रामसहाय यादब सचिव रत्नेश्वरलाल कायस्थ केन्द्रंीय सदस्यहरु ल्ाालबाबु राउत आत्माराम साह उमेशलाल दास फोरम पसा्रका अध्यक्ष शशिकपुर मिया लगायतका लाई दोसल्ला ओढाई सम्मानित गरीएको थियो ।

0 comments: