BREKING NEWS:


अज्ञात समूहले सोमबार बिहान वीरगंजमा एक प्रहरी जवानको गोली हानी हत्या गरेको छ

श्ोखर छतकुली
वीरगंज २७ पुस -
अज्ञात समूहले सोमबार बिहान वीरगंजमा एक प्रहरी जवानको गोली हानी हत्या गरेको छ । जिल्ला प्रशासन कार्यालय पसा्रका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लको सुरक्षा गार्ड प्रहरी जवान अनन्तराज खडकाको गोली हानी हत्या गरेको हो ।
वीरगंज १२ रानिघाटस्थित आवासबाट कार्यालय जाने क्रममा बिहान करीब सवा दश बजेको समयमा सहायक प्रजिअ मल्ललाई गोली प्रहार गर्न आएको व्यक्तिले प्रज खडकालाई गोली प्रहार गरेको हो । देब्रे गालामा एक राउण्ड गोली लागि घाईते भएका खडकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ भने सहायक प्रजिअ मल्लको छर्राले कानमा लागी सामान्य घाईते भएकाछन । खाना खाएर कार्यालय तर्फ जानकालागी गाडीमा बसीसकेपछी तराई मुलका एक ब्यक्तिले आफुमाथी गोली प्रहार गरेको तर आफु गाडीमा बसीसकेको कारण ढोका लगाउने क्रममा आफनो अंग रक्षक खडकालाई गोली लागेको सहायक प्रजिअ मल्लले बताएकाछन । हत्याको बिषयलाई लिएर कर्मचारीहरुले पसा्रका सम्पुण सरकारी कार्यालयहरु बन्दको आह्रवान गरेको नेपाल निजामती कर्मचारी संगठन पसा्रका अध्यक्ष रामदेवलाल दासले बताएकाछन
मृतकका शब पोष्टमार्टम पश्चयात शबलाई मृतकको आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय पसा्रले जनाएको छ ।
उता अपराधीको खोजतलास जारीरहेको पसा्र प्रमुख राजेन्द्रमान श्रेष्ठले जनाएकाछन ।
उक्त घटनाको जिम्मेवारी संयुक्त जनतान्त्रीक तराई मुक्ती मोर्चाका संदिपले संचारकर्मीहरुलाई फोन मार्फत लिएकाछन ।

0 comments: