BREKING NEWS:


श्ोखर छतकुली
वीरगंज २३ पुस -
नेपाली काग्रेसका कार्यवाहक सभापति सुशिल कोईरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरीने बित्तिकै सत्ता कब्जा गर्ने सोंचमा लागेको आरोप लगाएका छन् । बिहीबार वीरगंजमा नेपाली काग्रेस पसा्रले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोईरालाले यस्तो आरोप लगाएका हुन् । उनले माओवादीले अनेक बहाना बनाई सत्ता कब्जा गर्न खोजेको आरोप समेत लगाएका छन् ।
प्रधान सेनापति प्रकरणमा बोल्दै कोईरालले अढाई महिना मात्र अवकाश पाउने अवधि बाकी रहेका रुक्माङ्गद कटुवाललाई षडयन्त्र पूर्वक पदच्युत गर्ने प्रयास गरेर माओवादीले अनावश्यक विवाद मात्र खडा गरेको आरोप लगाएका थिए । राष्ट्रपतिको सम्मान संपूर्ण जनता र सरकारले अनिवार्य रुपले गर्नु पर्ने कोईरालाले बताएका थिए ।
कोईरालाले पार्टीको आलोचना गर्ने नेता कार्यकर्ताले पार्टीसंग चित्त नबुझे देशमा ५० वटा राजनितिक दल रहेकाले ती दलमै प्रवेश गरे हुने समेत बताएका थिए । कोईरालाले पार्टी कार्यकर्ताले बिपिले देखाएको बाटोमा नहिडॆ कागे्रसनै सखाप हुने चेतावनी समेत दिएका थिए । उनले पार्टीको महाधिवेश पछि पार्टी नया ढंगबाट अघि बढने समेत दाबि गरेका थिए ।
कोईराला सहभागी उक्त कार्यक्रममा जिल्लामा रहेका कागे्रसका दुई गुटबिच खुलेरै विवाद भएको थियो । पूर्व मन्त्रि सुरेन्द्र चौधरीले संविधान सभाको निर्वाचनमा आफूलाई अन्र्तघात गरेर पराजित गर्न मुख्य भूमिका खेलेका रामेश्वर रौनियारलाई पार्टीले कारवाही गर्नु साटो सभासदमा मनोनित गरेर गलत प्रवृत्तिलाई प्रोत्साहन दिएको आरोप लगाएका थिए । मन्चमै बसेका रौनियारले चौधरीले भाषण सके लगत्तै आफूले बोल्ने बताए पछि नगर सभागृहमा केही बेर हो हल्ला भएको थियो ।
त्यस अघि नेपाली कागे्रस पसा्रकी बरीष्ठ उपसभापति शान्ति कार्कीलाई मंचमा नबोलाईएको भन्दै नेविसंघका कार्यकर्ता प्रदीप साहले सभास्थलमै नेताहरुको ध्यानाकर्षण गराउन खोज्दा जिल्लामा रहेको पार्टीको दुई गुट सार्वजनिक भएको थियो । साहलाई बर्तमान जिल्ला कार्यसमिति पक्षधर कार्यकर्ताहरुले हस्तक्षेप गर्दा दुई समूहबिच झडप हुदा केही बेर सभा बिथोलिएको थियो ।
नेतृ कार्कीले बिभाजित पार्टी एकिकरण भए पनि पसा्रमा भने हाल सम्म पार्टी दुई समूहमै बिभाजित रहेको गुनासो संचारकर्मीहरु समक्ष गरेकी थिईन् । कार्यक्रममा सम्बोधन गर्ने क्रममा अधिकांश नेता तथा कार्यकर्ताहरुले सबै ठाउमा माओवादीको मात्रै आलोचना गर्दै आएकाहरुले नेपाली कागे्रसकै नेता तथा पार्टी केन्द्रीय नेतृत्वको आलोचना गरेका थिए

0 comments: