BREKING NEWS:

च्ाार बर्षमा पाँच किमी सडक कालोपत्रे भएन

च्ाार बर्षमा पाँच किमी सडक कालोपत्रे भएन

शेाखर छतकुली

बिरगंज पुस जिबिस पसा्रको बोर्ड प्रतिनिधिहरुले आफूहरु उपर लागेको भ्रष्टाचारको आरोप गलत रहेको जिकिर गरेका छन् । बिहीबार वीरगंजमा रीपोटस्र क्बल पसा्रले आयोजना गरेको साक्षात्कारमा उनीहरुले यस्तो जिकिर गरेका हुन् ।

उनीहरुले आफूहरु उपर पोखरीया गर्दौल सडक खण्ड निर्माणमा ढिलाई भई रहेको प्रकरणमा आफूहरुले घुस खाएको आरोप सार्वजनिक भए पछि आफूहरुले त्यसो नगरेको जिकिर गरेका हुन् । नेकपा मालेका तर्फबाट बोर्ड प्रतिनिधि रहेका शत्रुधन उपाध्यायले जिबिस बोर्डका प्रतिनिधिहरुले जिल्लाबासीको चरम दबाब पछि उक्त सडक खण्ड कुनै पनि हालतमा कालोपत्रे होस् भन्ने उद्देश्यले ठेकेदार कम्पनीहरुलाई पटक पटक म्याद थप गरेर काम गर्ने अवसर दिएको बताए ।

उनले आफूहरुले ठेकेदारलाई काम गर्ने अवसर दिउन भविष्य नबिगारौं भनि सदासयताले म्याद थपेको र अन्तिम म्याद सम्म पनि काम गरेन भने कालोसूचीमा राखी कार्यवाही गर्ने निर्णय गरी सकेको समेत बताए । गर्दौल देखी पोखरीया सम्मको चार किलोमिटर नौं सय मिटर सडक खण्ड कालोपत्रे गर्ने कामको ठेक्का विटी÷श्रेष्ठ सिभिल÷युएस÷समा÷जिया कन्सट्रक्सन कम्पनीले ज्वाईन्ट भेन्चरमा लिएका हुन् ।

जिबिस पसा्रले उक्त सडक कालोपत्रे गर्ने कार्यको टेण्डर ०६२ फागुन २४ गते गरेको थियो । उक्त ठेक्काको टेण्डर आह्वान रकम दुई करोड ३७ लाख ३३ हजार रुपैया रहेकोमा ठेकेदार कम्पनीहरुले ४५ प्रतिशत कम झरेर एक करोड ४५ लाख रुपैयामा उक्त ठेक्का सकार गरेका थिए । ठेकेदार कम्पनीहरुले ०६५ मंसिर १५ सम्म सडकको निर्माण गरी सक्नु पर्नेमा त्यो नहुन सके पछि जिबिस बोर्डले दुई पटक सम्म म्याद थप गरी पछिल्लो पटक आव ०६५÷०६६ को मसान्त सम्मको म्याद दिएको थियो ।

तर उक्त म्यादमा पनि काम सम्पन्न नभएको उपाध्यायले बताए । अब बस्ने जिबिस बोर्डको बैठकले ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रकृयाको लागि सिफारीश गर्ने दाबि पनि साक्षुत्कारमा जिबिस बोर्ड प्रतिनिधिहरुले गरेका थिए । पछिल्लो पटक म्याद थप गर्ने काम जिल्ला परीषदले गरेको सद्भावना पार्टीको तर्फबाट बोर्ड प्रतिनिधि रहेका निजामुद्दिन समानीले बताए । उनले ठेकेदार कम्पनीहरुले पटक पटक बन्द हडताल मधेश आन्दोलन जस्ता कारण देखाउदै म्याद थप गराउने प्रयास गरी रहेको पनि बताए ।

ठेकेदारले हाल सम्म कूल ठेक्का रकम मध्ये पहिलो किस्त्ाामा १३ लाख ७६ हजार रुपैया र दोश्रो किस्तामा ५४ लाख ३५ हजार रुपैया गरी कूल ६८ लाख ११ हजार रुपैया लगि सकेका छन् । कालोपत्रे गर्ने ठेक्का अन्तर्गत कालोपत्रे गर्ने बाहेकको संपूर्ण कार्य ठेकेदार कम्पनीले गरी सकेका थिए । बोर्ड प्रनिधिहरुले अब बाकी काम गरे मात्र ठेकेदारलाई बाकी रकम दिने उक्त अवसरमा बताए ।

जिल्लाबासीको चरम दबाबका कारण आफूहरुले ठेकेदारलाई फकाई फुल्याई पनि काम लिने निति बनाएकोमा हाल त्यसबाट पनि लाभ नभएको उनीहरुको दाबी थियो । सदरमुकाम वीरगंज जोड्ने जिल्लाको मुख्य सडक खण्डमा कालोपत्रे नहुदा उक्त सडक भएर दैनिक यात्रा गर्ने हजारौं जिल्लाबासीले सास्ती खेप्नु परी रहेको छ

0 comments: