BREKING NEWS:


माओवादी सेनाको सम्बन्धमा हाल सम्म कुनै पनि निर्णय हुन नसक्नुमा माओवादी आफै दोषि

श्ोखर बहादुर क्षेत्री
बिरगंज पुस २० गते
नेपाली काग्रेसका महामन्त्रि बिमलेन्द्र निधिले संविधान निर्माण गर्नु अघि माओवादी सेनाको बारेमा टु¨ाे नलाईए भोलीका दिनमा मुलुकमा झनै समस्या बढने धारणा व्यक्त गरेका छन् । वीरगंजमा जारी नागरीक सम्मेलनको सोमबार समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्रि निधिले यस्तो धारणा व्यक्त गरेका हुन् ।
महामन्त्रि निधिले माओवादी सेनाको सम्बन्धमा हाल सम्म कुनै पनि निर्णय हुन नसक्नुमा माओवादी आफै दोषि रहेको आरोप लगाउदै निधिले माओवादीले अनेक बहानामा शान्ति प्रकृयालाई भाड्ने काम मात्र गरी रहेको आरोप पनी लगाएका थिए ।
शान्ति प्रकृया र संविधान लेखन दुई वटा मात्र मुख्य एजेण्डा मुलुक सामु रहेको बताउदै निधिले वृहद शान्ति सम्झौता लगायतका सम्झौताहरुमा कतै पनि माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्नु पर्ने कुरा उल्लेख नभएको दाबि गरेका छन् । उनले माओवादीले जर्बजस्ती आफ्ना सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्नु पर्ने माग अघि सारी रहेको आरोप पनि लगाए । सबै दल र पक्षले वृहद शान्ति सम्झौताको ईम्ाान्दार पालना गरे मुलुकको सबै समस्या समाधान हुने उनको भनाई थियो ।
। संघियताबाट मुलुक नटुक्रने पनि उनको भनाई थियो । राष्ट्रपतिको कदमको सम्बन्धमा माओवादीको बिमति भए उसले संविधान सभाबाट राष्ट्रपति उपर महाअभियोग लगाउने बाटो उसका सामु खुला रहेको पनि उनले बताएका थिए । विश्वको जुनसुकै लोकतान्त्रिक मुलुकमा पनि सेनाको परमाधिपति सेनाको वर्दी बिनाको जनताबाट चुनिने व्यक्ति रहने प्रावधान रहेको बताउदै निधिले माओवादीले यो लोकतान्त्रिक पद्धतिलाई स्विकार गर्न सक्नु पर्ने सुझाव दिएका थिए ।
माओवादी बहुदलिय प्रतिस्पर्धामा आउन तयार रहे पनि उ बहुलवादलाई स्वीकार्न तयार नरहेको निधिको आरोप थियो । नागरीक समाज दरीलो नभए दलहरुले बाटो बिराउने बताउदै निधिले नागरीक समाजलाई सजग सचेत र चनाखो रहन आग्रह समेत गरेका थिए ।



Get your new Email address!
Grab the Email name you've always wanted before someone else does!

0 comments: