BREKING NEWS:


मंसिर ४ मा निर्वाचन हुन्छ एकीकृत माओवादीका नेता दीनानाथ शर्मा

शेखर छतकुली
वीरगंज ३० साउन ।
एकीकृत माओवादीका नेता दीनानाथ शर्माले मंसिर ४ को निर्वाचन हुन्छ भन्ने
सन्देश लिएर आफु आएको बताउनुभएको छ ।

संविधानसभा सुदृढिकरण अभियानका क्रममा पर्सा आउनुभएका नेता शर्माले
पर्साको क्षेत्र नं १ अन्तरर्गत श्रीसियामा भएको गाँउ भेलालाई सम्वोधन
गर्दै अव हुने संविधानसभाको निर्वाचन हुने सन्देशका साथ जनतामाझ आएको
बताउनुभएको हो । विगतको संविधानससभाबाट चुनिएर पठाएका प्रतिनिधिहरुले
संविधान दिन नसकेको भन्दै अवको संविधानसभा निर्वाचनमा संविधान बनाउनकै
लागि हाम्रा प्रतिनिहरुलाई मत दिन आग्रह गनुभयो ।

नेता शर्माले विभिन्न वर्गका प्रतिनिधिहरुलाई चुनेर पठाएर आफ्ना हक
अधिकार सुनिशचत गर्न पनि आग्रह गनुभयो । विगतमा कांग्रेस र एमाले लगायतका
दलहरुले पहिचान सहितको संघीयता नमानेका कारण संविधान बन्न नसकेको शर्माको
जिकिर थायो । नेता शर्माले एकीकृत माओवादी गरिव मजदुर किसानको पार्टी
भएकाले आफ्नो पार्टीले सवैको आवाज वुलन्द गरेको दावी गनुभयो । कसैको डर र
धम्कीबाट नडराइकन आफ्ना हक अधिकार सुनिश्तिच गर्न मधेशी अपिल गनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस एमाले मधेशी जनअधिकार फोरम लगायत विभिन्न
पार्टीबाट करिव २५० कार्यकर्ताहरु एमाअ‍ेवादीमा टिका लगाइ प्रवेश गरेका
थिए । यसैगरी नेता शर्माले आज विहान वीरगंज १३ घडिअर्वामा वडा कमिटिले
गरेको भेलालाई सम्वोधन गरी १५० जना विभिन्न पार्टीका नेता तथा
कार्यकर्तालाई एमाओवादीमा टीका लगाई प्रवेश गराउनुभएको थियो । साथै नेता
शर्माले घडिअर्वा स्थित जिल्ला खेलकुद विकास समितिको प्रङगडमा वृक्षारोपण
समेत गर्नुभएको थियो ।



--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: