BREKING NEWS:


वीरगंज भंसारद्वारा एक बर्षा लक्ष्य भन्दा ४ प्रतिशत मात्र बढी राजश्व संकलन

श्ंोखर छतकुली
बीरगंज श्रावण २ गते
बीरगंज भंसार कार्यांलयले चालु आर्थिक बर्षा ४२ अर्व ५० करोड ३८ लाख ८१ हजार लक्ष्य रहेकोमा ४४ अर्व ३७ करोड १८ लाख ८३ हजार रुपैया राजश्व संकलन गरेको जनाएको छ । यस बर्षो अवधिमा भंसारले मुल्य अभिबृद्धी करबाट १८ अर्व ८२ करोड १९ लाख ८७ हजार संकलन गरेको छ भनेे भंसार राजश्वबाट १६ अर्व ४६ करोड ७३ लाख ५८ हजार र अन्तशुल्कबाट ८ अर्व ५२ करोड ६ लाख ५५ हजार तथा अन्यबाट ५६ करोड १८ लाख ८३ हजार राजश्व संकलन गरेको भंसार कार्यालयका प्रमुख लावण्य कुमार ढकालले जानकारी दिनुभएको छ
बीरगंज भंसार कार्यालयले सब भन्दा बढी राजश्व संकलन पेट्ेालियम पर्दाथ र सानो तथा ठुलो यातायातका सवारी साधनबाट संकलन गर्न सफल भएको प्रमुख ढकालले जनाएको छ ।
भंसार कार्यालयले ०६५ ०६६ को गत बर्षा २८ अर्व ४३ करोड ३७ लाख ४३ हजार लक्ष्य राखेकोमा ३३ अर्व १२ करोड ४६ लाख ७५ हजार राजश्व संकलन गर्न सफल भएको थियो ।
जुन लक्ष्य भन्दा १६ प्वाईनत ५० प्रतिशत बढी राजश्व संकलन गरेको बीरगंज भंसार कार्यालयको रर्ेकर्डले देखाएको थियो भने चालु आर्थिक बर्षा लक्ष्य भन्दा ४ प्वाईन्ट ३९ प्रतिशत मात्र बढी राजश्व संकलन गर्न सफल भएको छ ।
भंसार कार्यालयले चालु आर्थिक बर्षो शुरुमा ३८ अर्व ४६ करोड ९२ लाख ४४ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा चालु बर्षो चैत्र मशान्तमा ४ अर्व थप गरी ४२ अर्व लक्ष्य राखेको भंसार कार्यालयले जनाएको छ ।

0 comments: