BREKING NEWS:


यातायात व्यवस्था कार्यालयको राजस्व बढ्यो

शेखर छतकुली
बीरगंज श्रावण १० गते
यातायात व्यवस्था नारायणी अंचल कार्यालय वीरगंजले आव ०६६/०६७ मा ७० करोड ८६ लाख रुपैया राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख लालबाबु कवारीका अनुसार,कार्यालयले उक्त आर्थिक बर्षा सवारी साधन करबाट २० करोड ७४ लाख ३२ हजार छ सय ८१ रुपैया, सवारी आयकर करबाट एक करोड ४५ लाख ८८ हजार सात सय ६७ रुपैया, सवारर्ीर् इजाजत दस्तुर करबाट तीन करोड सात लाख ९२ हजार एक सय २५ रुपैया राजस्व संकलन भएको छ ।
त्यसैगरी, सवारी चालक अनुमती पत्र दस्तुर करबाट तीन करोड ४५ लाख ३६ हजार ५ सय ३५ रुपैया, बिबिध सवारी दस्तुर करबाट छ करोड ५३ लाख २८ हजार छ सय ६० रुपैया, शहरी सडक सुधार दस्तुर करबाट ३१ करोड नौ लाख १५ हजार सात सय ७० रुपैया, बाटोर् इजाजत दस्तुर करबाट एक करोड ८३ लाख ८० हजार एक सय ४६ रुपैया राजस्व संकनल भएको छ
कार्यालयले हेटौडा र नारायणघाटमा समेत संचालन गरेको शाखा कार्यालयबाट समेत गरी उक्त परीमाणमा राजस्व संकलन गरेको हो । कार्यालयले गत आवमा सवारी साधन करबाट नौं करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा २० करोड ७४ लाख ३२ हजार छ सय ८१ रुपैया राजस्व संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षा यो कार्यालयले ४० करोड रुपैया राजस्व संकलन गरेको थियो ।
वित्तिय संस्थाहरुले घर जग्गा र सवारी साधनहरुमा लगानी गर्न बन्द गरेपछि गत आर्थिक बर्षा अघिल्लो आर्थिक बर्षो तुलनामा निजि तथा भाडाका सवारी साधनहरुमा आयातमा कमी आएको कार्यालय प्रमुख कवारीले जनाएका छन् ।

0 comments: