BREKING NEWS:


कन्ट्री डेभलपमेन्ट बैंकले आफ्नो दोश्रो शाखाको रुपमा वीरगंज शाखा बिस्तार

शेखर बहादुर क्षेत्री
बिरगंज पुस १६ गते
वीरगंजमा शुक्रबा कन्ट्री डेभलपमेन्ट बैंकलॆ आफ्नो शाखा बिस्तार गरेको छ । प्रधान कार्यालय बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट बैंकले आफ्नो दोश्रो शाखाको रुपमा वीरगंज शाखा बिस्तार गरेको हो । बिरगंजको आदर्शनगरस्थित बैंकको शाखा कार्यालयमा आयोजित समारोहमा प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारीयाले पानसमा बत्ति बाली तथा रीबन काटेर बैंक शाखाको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिकारीयाले बैंकहरुले घर जग्गामा मात्र लगानी नगरी उत्पादनमूल क्षेत्रमा समेत लगानी गर्नु पर्ने कुरामा जोड दिएका थिए । उनले मुलुकका उद्योग धन्धाहरु टे्रड युनियन समस्याबाट आक्रान्त भई सकेको अवस्थामा निजि बैिक¨ क्षँेत्र सकभर यो समस्याबाट मुक्त रहनु पर्ने धारणा व्यक्त गरेका थिए ।
उक्त बैंकका सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका सह सचिव डा बद्री पोखरेलले नेपाली जनताको बचत गर्ने बानी अत्यन्तै कम भएकाले यो बानीमा सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन। हाल मासिक १७ अर्ब रुपैया रेमिट्यान्सबाट भित्रि रहेको बताउदै पोखरलले मुलुकको कुल जिडिपीको २० प्रतिशत रेमिट्यान्सको योगदान रहेको तर हालका दिनमा यो भित्रिने दर बिस्तारै घटदै गएकाले मुलुकको अर्थतन्त्र संकटमा पर्ने संभावना रहेको बताए । घर जग्गाम अत्यधिक लगानीका कारण मुलुकको अर्थतन्त्र धराशायी हुन सक्ने खतरा रहेको औल्याउदै उनले निजि बैंकहरुले घर जग्गामा मात्र नभई मुलुकको अवस्था हेरेर मात्र उत्पादनमूलक क्षँेत्रमा लगानी गर्नु पर्ने सुझाव समेत दिएका थिए ।
पसा्रका प्रमुख जिल्ला अधिकारी यादब कोईरालाले निजि बैंकहरुले केन्द्र तथा शहरमुखी मात्र भएकाले ग्रामिण भेकमा पनि शाखा बिस्तार गर्न सुझाव दिएका थिए । निजी बैंकको लगानी बढी उत्पानमूलक उद्योगहरुमा हुनु पर्ने पनि।
समारोहमा बैंकका प्रबन्ध निर्देशक उदयराज लालले ०६४ असोज १७ गते राष्ट्र बैंकबाट वित्तिय कारोबार गर्ने अनुमति पाएको यो बैंकले त्यसै बर्षको असोज २५ बाट बित्तिय कारोबार सुरु गरेको बताएकाछन । दुई सय ३६ जना शेयरधनी र पाच जना संस्थापक रहेको यो बैंकले हाल सम्म क्षँेत्रिय बैंकको रुपमा १० जिल्लामा कार्य क्षेत्र बिस्तार गरी सकेको र निकट भविष्यमै राष्ट्रिय बैंकको रुपमा विकास हुने लालले बताएकाछन । बंैकले पहिलो बर्षमा १८ लाख रुपैया संचालन मुनाफा कमाएकोमा दाश्रो बर्षमा एक करोड ३४ लाख रुपैया र चालु आवको पाच महिनामै एक करोड ४० लाख रुपैया संचालन मुनाफा आर्जन गरी सकेको उनले बताए । बैंकले शनिबार नारायणघाटमा र आईतबार बुटवलमा क्रमशः आफ्नो तेस्रो र चौथो शाखा बिस्त्ाार गर्ने कार्यक्रम रहेको उनले बताए



New Email addresses available on Yahoo!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!

0 comments: