होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
दुबेको हत्याको आरोपमा प्रहरीद्वारा एकजना सार्वजनिक
| शेाखर बहादुर क्षेत्री बिरगंज पुस १ गते प्रहरीले बिरगंजमा मंसिर २५ गते बिरगंजमा गोली हानी हत्या गरीएका पशुपति रोड क्यारीयस्रका प्रबन्धक राजेश्वर दुबेको हत्यामा संलग्न रहेको आरोपमा एक युवकलाई बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी पसा्र प्रहरीले वीरगंज उमनपा १९ ईनर्वा बस्ने १८ बर्षिय संतोष कुमार दासलाई दुबेको हत्यामा संलग्न रहेको भनि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पसा्रका प्रहरी उपरीक्षँक राजेन्द्रमान श्रेष्ठले दासबाट बरामद भएको मोबाईलबाट गरीएको फोन र प्रहरीको अनुसंधानको आधारमा दासलेनै दुबेको हत्या गरेको कुरा प्रमाणित भइसकेको दाबी गरेका छन । दास वीरगंजमा बिगतमा पनि बम बिष्फोट गराउने सर्वसाधारणलाई टेलिफोन मार्फत धम्क्याई रकम असुल गर्ने र हाथ हथियार सहित पक्राउ परेर अदालतबाट सफाई पाएको व्यक्ति रहेकाले उनको बिगतको आपराधिक पृष्ठभूमिबाट समेत आफूहरु दुबेको हत्यामा उनी संलग्न रहेको विश्वस्त भएको दाबि प्रउ श्रेष्ठले गरे । दासको हत्याको समयमा आएका तीन जना मध्ये दास गोली प्रहार गर्ने मुख्य व्यक्ति रहेको पनि प्रउ श्रेष्ठले दाबि गरेका छन । दासको सूचनाको आधारमा उनीसंग दुबेको हत्यामा संलग्न अन्य व्यक्तिको बारे जानकारी प्राप्त भई सकेको तर हाल अनुसन्धानको गोपनियताको कारण उनीहरुको नाम सार्वजनिक नगरीएको प्रउ श्रेष्ठले बताएपत्रकार सम्मेलनमा बताएका छन । दास भारतिय अपराधिहरुबाट परीचालित रहेको र उक्त घटनाका योजनाकारहरुले भारतमै बसेर उक्त घटनाको योजना बनाई दास समेत तीन जनलाई परीचालन गरेको प्रउ श्रेष्ठले बताए । ुघटनाको दिन दासको समूहले श्रीराम हल नजिकको एक होटेलमा खाजा खाएको र गोली प्रहार गर्नु अघि एक पटक घटनास्थलको चक्कर लगाएरफर्केरका प्रहरी उपरीक्षक श्रेष्ठले बताएका छन । दासबाट दुई थान मोबाईल सेट र एक भारतिय तथा अर्को मेरो मोबाईलको गरी दुई सिम समेत बरामद भएको प्रहरीको दाबि छ । आरोपित साहले बिगतमा आफू हथियार सहित पक्राउ परी पुर्पक्षका लागि नौं महिना वीरगंज कारागारमा बिताइसकेको संचारकमी माझ पत्रकार समक्ष स्वीकारेका थिए ।े आरोपित साहले बिगतमा आफूले गरेको उक्त गल्तिकै आधारमा शंका गरेर प्रहरीले आफूलाइ दुबेको े हत्याराको रुपमा पुन। फसाएको संचारकर्मीहरुलाइ बताएका थिए । बिहीबार सम्साझै दुबेको हत्या भए पछि आक्रोशित उद्योगी व्यवसायीहरुले शुक्रबार र शनिबार दुई दिन वीरगंंज बजार बन्द गराएका थिए । |
Get your preferred Email name!
Now you can @ymail.com and @rocketmail.com.
0 comments:
