पर्साको हजारौं विघामा गाजा र अफिम खेती
शेखर बहादुर क्षेत्री
बिरगंज मंसिर ३० गते । पर्साका किसानहरुले नगदेबालीको रुपमा लागु औषध गाजा र अफिमको खेति हजारौ बिघामा लगाएका छन् । गाजा र अफिम खेती प्रतिबन्धित रहे पनि यस बर्ष जिल्लाको अधिकांश गाबिसहरुमा यसकॊ खेती ठूलो परीमाणमा गरीएको छ । प्रहरी प्रशासन निश्कि्रय भएकोले प्रहरीकै मिलेमतोका कारण बाली पाक्न अब करीब एक महिना मात्र बाकी रहेता पनि यसको फडानीको सुरुवात समेत हुन सकेको छैन । पसा्रको ८२ गाबिस मध्ये करीब ६५ गाबिसमा गाँजाको खेतीसंगै केही गाबिसहरुमा अफिमको खेती पनि लगाइएको छ । गत बर्ष गाजा र अफिमको फडानी करिब ५ सय बिघा मात्र गरिएको थियो तर पसा्र प्रहरीको तथ्यांकले १८ सय बिघा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पसा्रले जनाएको थियो । प्रहरी प्रशासनको निष्क्रृयताका कारण मनोबल उच्च भएका लागु औषधका कारोबारीहरुले यस बर्ष जिल्लाको वन क्षेत्रमा पनि ठूलो मात्रामा गाँजा खेती गरेका छन् । जिल्लाको चोर्नी बेल्वा बिरुवागुठी बागबाना र¨पुरटाँडी सबैया मिलनचोक सोनबर्षाबडनिहार लगायतका गाबिससंग जोडिएको राष्ट्रिय वन क्षेत्रमा ठूलो परीमाणमा गाँजा खेती गाजा तस्करहरुले लगाउदा पनि बन कर्मचारी तथा सो स्थानमा रहेको इलाका प्रहरी चौकी र प्रहरी चौकीका प्रहरीहरु पनि तस्करहरुसंग हातमा हात मिलाएर बसिरहेका छन् । गाजा अहिले पाकेर करिब डेढ महिना भित्र काटने बेला भइसक्दा पनि प्रहरी भने केही गरी हाल्ने तरखरमा नदेखिए पछी पसा्रका प्रहरीहरु माथी नै यो प्रश्न चिन्ह खडा भएको छ । प्रत्येक बर्ष लागु औषधका कारोबारीहरुले प्रति कठा ५सय देखि सात सय सम्म दलालहरु म्ाार्फत प्रहरीहरुलाई दिने गर्छन । जिल्ला र अंचलका प्रहरीहरु मात्र होईन मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौडाका डि ई जि समेतले आफनो घुमुवा राख्ने याहा परम्परा रहिआएको । त्यसोत प्रहरी कहिल्यै भन्दैन कि गाजा काटदैनौ । तर गाजा तस्करहरुले पसा्रमा प्रहरी चौकीकैअगाडी पछाडी गाजा अफिमको खेती लगाएको प्रशस्त मात्रामा हेर्न पाईन्छ । यसरी यी लागु औषधहरु पसा्रको ग्रामिन भेगमा रहेको प्रहरी चौकीको छेउछाउमा लाउने गाउहरुमा जानकीटोला सेढवा पर्टेवा सुगौली पोखरीया बिश्रामपुर धोरे मुर्ली गदौवल भवराटार नगरदाहा लगाएतका रहेका छन् । यी स्थानहरुमा ईलाका प्रहरी चौकी र प्रहरी चौकी कै अगाडी सयौ बिघामा गाजा अफीम खेती लगाएको छ तर समबन्धित निकाय भने मुकदर्शक भएर बसिरहेको छ ।पसा्रको शंकरसरैया बैरीयावीर्ता पटेर्वा सुगौली हरपुर बहुअर्वाभाठा सेढवा सखुवा प्रसौनी बिरुवागुठी जगरनाथपुर नगरदाहा गादी पोखरीया निचुटा महादेवपट्टि बिजबनिया जीतपुर परसवा सुगौली वीर्ता बागेश्वरी तित्रौना मधुवन मथवल धोरे झउवागुठी अमरपट्टी लगायतका गाबिसका कृषकहरुले गाँजा खेती बढी गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष पसा्रमा तिन गुणा बढी लगाईएको छ ।गाजा लागु पदार्थ भएकोले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले प्रत्येक बर्ष गाजा खेती रोक्न जिल्लामा निर्देशन गरे पनि कृषकहरुले दिने गरेको नजरानाको कारण पसा्रमा गाजा तथा अफिमको खेती रोक्न प्रहरीले कुनै किसिमको सकि्रयता देखाएको छैन । दलालहरुको मार्फत कृषकहरुले गाजा खेती गर्दा चार किस्तामा प्रहरी प्रशासनलाई पैसा बुझाउने गर्दछन् । पहिलेा किस्ता गाजाको बिउ छर्ने बेलामा दोस्रो किस्ता पाकने बेलामा तेस्रो किस्ता काटने बेलामा रे चौथो किस्ता भारत तिर निकासी गर्ने बेलामा दिने गर्छन् ।गाजा खेतीको कारण समय समयमा हुने गरेको डकैती र तस्करहरुबिचको ग्या¨ वारको कारण कतिपय मानिसहरुको मृत्यु समेत हुने गरेको छ । गत बर्ष करीब पाच हजार बिगाहामा गाजा कृषकहरुले रोपेकोमा पसा्र प्रहरीले करीब एक सय ८३ बिगाहा आठ कठ्ठामा लगाईएको गाजा मात्र फडानी गर्न सकेको थियो । यस बर्ष करीब दश हजार बिगाहा जग्गामा गाजा खेती गरीएको अनुमान गरीएको छ । वीरगंज चिनी कारखाना बन्द भए पछि पसा्रका कृषकहरुको नगदे बालीको रुपमा गाजा र अफिम खेती तर्फ जिल्लाका झुकाव बढेको हो । यहा उत्पादित गाजा र अफिम तस्करी भई भारतको बिभिन्न सहरहरुमा पुग्ने गर्दछ । गाजाको खेतीमा स्थानिय शक्तिशाली नेताहरु समेत संलग्न हुने गरेको र गाजा कटानी हुनबाट रोक्न उनीहरु स्थानिय प्रशासन देखी गृह मन्त्रालय सम्म सकृय हुनुको साथै कृषकहरुद्वारा उठाईएका पैसा पुर् याउने गर्दछन् । पसा्रका प्रमुख जिल्ला अधिकारी यादब कोईरालाले जिल्लाको राष्ट्रिय वन क्षेत्रमा गाँजा खेती भएको बारे जिल्ला वन कार्यालयसंग समन्वय गरी फडानीको पहल गर्ने बताएका छन भने गाजा फडानी गर्नका लागी प्रशासनले एक्लैमात्रै नसक्ने र त्यसका लागी राजनितीक दल नागरीक समाज पत्रकार सबैको सहयोग भएमा मात्र सफल हुने बताउछन् ।प्रजिअ कोईरालाले जिल्लाका किसानले नगदेबालीको रुपमा गाँजा खेती गरेको आफूले सुचना पाएकाले राज्यले तिनको बिकल्प किसानलाई दिन नसके किसानले ठूलो बिद्रोह गर्ने अवस्था पनि आउन सक्ने बताउछन् । हाल जिल्लाको कूल धान खेती मध्ये ८० प्रतिशतमा यस बर्ष गाँजा खेती भएको आफूलाई सूचना आएको प्रजिअ बताउछन । गाजा फडानी गर्नका लागी सरकारले पठाएको रकम अली नपुग भएका कारण सरकार संग थप रकम माग गरेको र म्ँन्त्रालयले सो रकम पठाउने बितिकै गाजा नष्ट कायै चाडै सुरु गर्ने प्रजिअ कोईरालाले बताएका छन ।नि मातहतका जिल्ला प्रहरी कार्यालयहरुलाई लागु औषधको फडानी अभियान चलाउन कडा निर्देशन दिई सकेको बताएका छन । प्रबउ अधीकारीले वन क्षेत्रमा गाँजा खेती भएकोमा आफुलाई थाहा नभएको र त्यस सम्बनधमा पनि अनुसंधान गर्ने अधीकारी बताउछन् ।पसा्रका प्रहरी उपरीक्षँक राजेन्द्रमान श्रेष्ठले एकै पटक एक्सन िलंदा किसान भडकिन सक्ने र धेरैको ज्यान समेत जान सक्ने भएकाले योजनाबद्ध रुपमा फडानीको अभियान चलाईने बताएका छन् भने अर्को तर्पु प्रहरीले मात्र गाजा नष्ट गर्न चाहेर पनि गर्न नसक्ने पसा्रका प्रहरी उपरिक्षक श्रेष्ठको भनाई रहेको छ । पसा्रमा लागु औषधका कारण नै अपराध बढने गरेको हो । पसा्रको ग्रामिण भेगहरुमा खुलेआम दिनदहाडै भारतिय नम्बरको गाडीहरुमा हथियार सहित लागु औषधको ओसार पसार हुने गर्छ तर ग्रामिन भेगमा रहेका प्रहरीहरु भने मुख दर्शक भएर बसिरहेका छन । त्यति मात्र काहा हो र ति लागु औषध ओसार पसार गर्ने भारतिय गाडीहरुको अगाडी पछाडी बिना नम्बर प्लेटको मोटर साईकलमा हथियार सहित स्कटिङ्घ समेत तस्करहरुले दिने गर्छन । यसरी नै पसा्रमा अपराधले जडो गाडेका हुन पसा्र जिल्ला नेपाल भारतको सिमाना संग जोडिएका कारण यहा लागु औषध कारोबारका साथसाथै जाली नोटका कारोबारीहरु पनि ब्यापक मात्रामा रहेका छन ।
0 comments:
