BREKING NEWS:


आगामि मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा जसरी भएपनि नेकपा माओबादी पनि सहभागी हुने अध्यक्ष ठाकुर

शेखर छतकुली
बीरगंज २१ साउन ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामि मंसिर ४
गते सम्पन्न हुने निर्वाचनमा जसरी भएपनि नेकपा माओबादी पनि सहभागी हुने
बताउनुभयो ।
मधेसी पत्रकार समाज पर्साद्धारा आज वीरगंजमा आयोजीत पत्रकार सम्मेलनमा
अध्यक्ष ठाकुरले जनता निर्वाचनमा होमिईसकेको हुदा निर्वाचनमा नआउने दल
जनताबाट बहिष्कृत हुने हुदा माओबादी निर्वाचनमा जानुको बिकल्प नरहेको
बताउनुभयो ।
उहाले मतदाता नामावलीमा लाखौं नेपालीको नाम छुटेको हुदा निर्वाचन आयोगलाई
पुन: अद्याबदी गर्न माग गर्दै जनसंख्याको आधारमा क्षेत्र निर्धारण
गर्नुपर्ने बताउनुभयो ।
उहाले आगामि शान्तिपूर्ण निर्वाचनका लागि मधेसका सशस्त्र भूमिगत समूहलाई
राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताउदै मधेसका सशस्त्र भूमिगत संगठनको
जायज माग राज्यले सम्बोधन गर्नुपर्नेमा जोडदिनुभयो ।
अध्यक्ष ठाकुरले मधेसबादी दलहरु बिच चुनाबी तालमेलकालागी छलफल भईरहेको र
तालमेल मिलाएर चुनाबी एकता हुने बिश्वास प्रकट गर्नुभयो ।
पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रीक पार्टीका उपाध्यक्ष एवं पुर्ब
मन्त्रि हृदयश त्रिपाठीले मंसिर ४ गतेको निर्वाचन कुनै हालतमा सार्न
नहुने बताउनुभयो ।
उहाले संबिधान बिपरीत उभिने शक्तिहरु बिच नितीगत सम्झौता नहुने बताउदै
निर्वाचनमा नजानेलाई जनताले बहिष्कृत गर्ने चेतावनी दिनुभयो ।
उहाले संघियताको बिषयमा ठुला राजनितीक दलहरु बिच बेमेल रहेकाले अबको
संबिधान सभाको निर्वाचनमा जनताले मधेसबादी दललाई नै बिजयी गराउने दाबी
गर्नुभयो ।


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: