होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
संविधान निर्माण कार्यमा भई रहेको ढिलाईका लागि दल तथा सभासदहरु जिम्मेवार
| श्ोखर छतकुली बिरगंज पुस २० गते मिरेष्ट जनसंचार अभियान नेपालले सोमबार बिरगंजमा आयोजना गरेको समायोजन नामक सार्वजनकि सुनुवाईमा सभासदहरु फोरम लोकतान्त्रिकका प्रमोद गुप्ता तमलोपाका जीतेन्द्र सोनल काग्रेसका अजय द्विवेदी र माओवादीका ईस्लाम हवारी जनता जनार्दनको जिज्ञासाको समाधान गरेका छन । उनीहरुलाई त्यहा उपस्थित आम जनसमुदायले संविधान निर्माण कार्यमा भई रहेको ढिलाईका लागि दल तथा सभासदहरु जिम्मेवार रहेको आरोप लगाएका थिए । अधिकांश सर्वसाधारणको प्रश्न र जिज्ञासा बिशेष गरी त्यसै बिषयको सेरोफेरोमा रहेका थियो । अधिकांश सर्वसाधारणले दुई दुई स्थानबाट चुनाव हारेका व्यक्ति प्रधानमन्त्रि रहेको र उनको मन्त्रि मण्डलमा पनि अधिकांश त्यस्तै अनुहार रहेकाले अब बन्ने संविधानमा चुनाव हारेकालाई सरकारमा जान नपाउने र एक भन्दा बढी स्थानबाट चुनाव लडन नपाउने व्यवस्था गरीनु पर्ने सुझाव दिएका थिए । त्यसैगरी जनताले सबै मिलेर संविधान बनाऔं पद र सत्ताको लागि आपसमा हानाथाप नगरौं भन्ने सन्देश पनि व्यापक रुपमा दिएका थिए । झण्डै एक हजार जनताको बिचमा घेरीएका सभासहरुले पालै पालो सबैको प्रश्नको जवाफ दिएका थिए । माओवादीका सभासद हवारीले भारतले सीमा अतिक्रमण गरी रहेकाले उसको बिरुद्ध सीमामा मार्च पास गर्ने तयारी पार्टीले गरी रहेको जिकिर गरेका थिए । नेकाका सभासद द्विवेदीले नेपाली राजनिति सहमतिको आधारमा टिकेको र यसको बिकल्प नरहेको बताउदै वृहद शान्ति सम्झौताको सबै पक्षले पालना गर्नु पर्ने बताएका थिए । तमलोपाका सभासद सोनलले आफूहरुले संघियता लोकतन्त्र र गणतन्त्रलाई सम्मान गर्दै जनताको संविधान निर्माण गर्ने तर्फ अग्रसर रहेको दाबि गर्दै अधिकांश संवैधानिक समितिले आफ्नो काम पुरा गरी सकेकाले पाच महिना भित्र संविधान निर्मांण हुनेमा आफू बिश्वस्त रहेको दाबि गरेका थिए । फोरम लोकतान्त्रिकका सभासद गुप्ताले माओवादीले छिमेकी मुलुक बिरुद्ध सुरु गरेको अभियानले मुलुकलाई घाटा हुने बताउदै माओवादीले हाल उठाएको सीमा विवादको बिषयलले संविधान निर्माण प्रकृयालाई समेत प्रभावित पार्न सक्ने संभावना औल्याएका थिए । |
New Email names for you!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!
0 comments:
