BREKING NEWS:


हिन्दु युवा संघ नेपालले वीरगंजमा बृहत जुलुस पर््रदर्शन गर्दै एक दिन बीरगंज बजार बन्


वीरगञ्ज २६ बैशाख
 
हिन्दु युवा संघ नेपालले वीरगंजमा बृहत जुलुस पर््रदर्शन गर्दै एक दिन बीरगंज बजार बन्द गरेकाछन ।
नेपाललाई हिन्दु राष्ट्र कायम गर्न तथा स्वर्गिय काशीनाथ तिवारीलाई नेपालको प्रथम हिन्दु शहिद घोषणा गर्न समेत माग गर्दैे हिन्दु युवा संघको आह्रवानमा मंगलबार बिहानै देखी बीरगंज बजार, शैक्षिक संस्था, यातायात, पसल लगाएतका कार्यकर्ताहरुले बन्द गराउदै हिडेका थिए ।
 हिन्दु युवा संघको केन्द्रिय अध्यक्ष राजेश सिँह राठौरको नेतृत्वमा निस्कीएको हजारौँको संख्यामा रहेको जुलुसले वीरगञ्ज नगरको विभीन्न भागको परीक्रमा गरेका थिए । वीरगञ्जको घण्टाघरबाट शुरु भएको जुलुस माईस्थान, आदर्शनगर, विर्ता, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघर आएर सभामा परिणत भएको थियो । त्यसअघि युवा  संघले आन्दोलनको कार्यक्रम सफल बनाउन विहानैदेखि नगरका विभिन्न भागबाट मोटरर्साईकलमा कार्यकर्ताहरुले र्‍याली समेते निकालेको थियो ।
बाजागाजा सहितको बृहत जुलुपछि घण्टाघरमा आयोजीत सभालाई सम्बोधन गर्दै हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष राजेश सिंह राठौरले हिन्दु युवा संघलाई राजावादि भनेकोमा आपत्ति जनाउँदै आफुहरु हिन्दुवादी र राष्ट्रवादि मात्र भएको बताएका थिए । अध्यक्ष राठौरलेे नेपालमा ८० प्रतिशत भन्दा पनि बढीको संख्यामा हिन्दुहरुको बसोबास रहेकाले नेपाललाई अहिले बन्ने नया संबिधानमा हिन्दु राज्य कायम गर्न माग समेत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै धर्म जागरण मञ्च पर्सर्ाा अध्यक्ष मोहनलाल राजपालले सवै हिन्दुलाई एक हुन आग्रह गरेका थिए ।
हिन्दु युवा संघको बृहत जुलुस पर््रदर्शनका कारण मंगलवार दिनभर बजार प्रभावित रहृयो भने  एक दिन बन्द सफल पार्नकालागी सम्पर्ुण्ा उधोगी, ब्यापारी, लगाएत स्थानियबासीहरुमा आग्रह गरेका थिए । बन्दका कारण नगरका केहि औषधि पसल बाहेक सम्पर्ुण्ा बजार बन्द रहेको थियो ।




--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: