सशस्त्र प्रहरी र नेपाल प्रहरीले अबैध काठ पक्राउ गरयो
बीरगंज १३ चैत्र
सशस्त्र प्रहरीको बेश क्याम्प जितपुर बाराले तिन थान सालको काठ र्साईकलमा
तस्करी गरी लगिरहेको अवस्थामा पक्राउ गरेको छ ।
सोमबार बिहान ४ बजे बाराको जितपुर नगौल ५ स्थित काठ तस्करहरुले र्साईकलमा
जंगलबाट ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बेश क्याम्प जितपुरले
गस्तिको क्रममा पक्राउ गरेको हो । पक्राउ परेको तिन थान काठलाई सशस्त्र
प्रहरीले जितपुर गाबिसको ना १ त ५५९२ नम्बरको ट्रेक्टरमा लोड गरी सशस्त्र
प्रहरीको वेशमा काठलाई झारी ट्रेक्टरलाई छाडेको सशस्त्र प्रहरी वेशका
प्रहरी निरिक्षक थापाले टेलिफोनमा जानकारी दिएकाछन ।
उता सामाचार श्रोतका अनुसार जितपुर गाबिस कार्यालयको ट्रेक्टरमा सुोलखपुर
बेलवा गाबिसको दश बिघा जंगलबाट तिन थान काठ लोड गरी ल्याउदै गर्दा
सशस्त्र प्रहरीको बेश क्याम्प जितपुरका सशस्त्र प्रहरी निरिक्षक थापाले
जितपुर नगौल ५ बाट पक्राउ गरी ५० हजार रुपैया घुस लिई काठ मात्र
नियन्त्रणमा लिएर ट्रेक्टरलाई छाडेको श्रोतले जनाएको छ ।
अबैध काठ लोड गरेको ट्रेक्टर गाबिसको भएको र चालक बच्चु सिंह चौधरीको
जागिर जाने भएको हुदा चालक चौधरीले जागरि बचाउनका लागी सो रकम दिएको
श्रोतले दाबी गरेको छ ।
त्यसैगरर्ीर् इलाका प्रहरी कार्यालय सिमराले ७ थान अबैध सालको काठ लुकाई
छिपाई राखेको अवस्थामा बरामत गरेको छ । बरामत गरेको अबैध काठ बन
कार्यालयमा बुझाउने तयारी भै रहेकोर् इप्रका सिमराका प्रहरी निरिक्षक
केपी शर्माले जानकारी दिएकाछन ।
अहिले बारामा अबैध काठहरु ठूलो मात्रामा तस्करहरुले भित्रयाई रहेको
श्रोतले यस दैनिकलाई बताएकाछन ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments:
