BREKING NEWS:


तपस्बिको शान्तिसभामा पाच पत्रकार कुटिए

शेखर छतकुली
रतनपुरी,बारा ८ चैत्र ।
बाराका तपस्बि राम बहादुर बम्जन र्सार्वजनिक भई धर्म सभालाई बुधबार दिउसो
सम्वोधन गर्ने कार्यक्रमको समाचार लिन गएका वाराका ५ जना पत्रकारलाई
वम्जनका स्वयं सेवकले कूटपिट गरेका छन् भने क्यामेरा तोडफोड गरी केहीबेर
नियन्त्रणमा लिएका थिए ।
चैत्र ८ गते बुधबार दिउसो १ः३० बजे बम्जनले शान्तिको सन्देस माईकबाट
उपस्थित दर्शकहरुलाई वताईरहदा उनका स्वयंसेवक जर्मनी नागरीक दोर्जे,
दर्शन लिम्वु, बोलहरी र्राईले प्रवचन स्थलमै अपशव्द प्रयोग गर्दै कुटपिट
गरेको थिए । फोटो खिचिरहेका न्युज २४ च्यानलका बारा सम्बाददाता बिभु
अधिकारीलाई जर्मनी नागरिक दोर्जे र बोलहरी र्राईले घसिटेर कुटपिटको
समाचार खिचिरहदा नेपाल टेलिभिजनका पत्रकार रेशम तिवारीको क्यामरा खोसेर
तोडफोड गरी नियन्त्रणमा लिएका थिए । त्यस्तै न्यूज २४ टेलिभिजनका पत्रकार
बाराका पत्रकार अधिकारीको क्यापरा तोडफोड गरेका थिए् भने पिर्टाई खाने
पत्रकारहरुमा इमेज च्यानलका प्रकाश लम्साल, गोरखापत्र र तर्राई
टेलिभिजनका पत्रकार एवं पर्ूव पत्रकार महासंघ बाराका सभापति बिनोद
प्याकुरेल, घटना विचार राष्ट्रिय साप्ताहिकका बारा सम्वाददाता एवं मोफसल
डट कमका समाचार प्रमुख बसन्त खतिवडा रहेका छन् ।
समितिका कार्यवाहक अध्यक्ष जसबहादुर वाईवाले घेरा बाहिर रही खिच्नु भनि
पत्रकारहरुलाई अनुमति दिएपछि घेरा बाहिरबाट खिचिरहेका पत्रकारहरु माथि
पुन स्वयंसेवकहरुबाट एक्कासी आक्रमण गरी कुटपिट गर्दै लछारपछार गरेको
पत्रकार अधिकारी बताउछन । पत्रकारहरुको नियन्त्रणमा लिएको क्यासेट,
क्यामरा फिर्ता दिनुस् हामी र्फकन्छौं भन्दा समेत उनीहरुले पत्रकारको
धर्म र मर्यादा थाहा नहुने भन्दै अपशब्द समेत प्रयोग गरी तपस्या स्थल
छोड्न भाग्न धम्क्याएका थिए । तपस्विले प्रवचन दिईरहदा तपस्विको आसनबाट
२० मिटर टाढा घेरामा पत्रकारहरुलाई निरन्तर कुटपिट हुन थालेपछि दर्शन
गर्न आएका र्सवसाधारणहरुमा केही बेर भागदौड मच्चिएको थियो । पटक पटक
कुटपिट भईसकेपछि पत्रकारहरु ज्यान जोगाउने उद्देश्यले जङ्गलबाट भाग्दै
सशस्त्र प्रहरीका भद्रकालीे गण पिलुवामा आई सुरक्षाकर्मीहरुसंग गुहार
मागेका थिए । उता पत्रकारहरुलाई कुटपिट गरेको सामाचार प्राप्त हुना साथ
तपस्विको प्रबचन स्थान रतनपुरीमार् इलाका प्रहरी कार्यालय सिमराका प्रहरी
निरिक्षक के पी शर्माको नेतृत्वमा गएको टोलीले दर्ुर्व्यवहार गर्नेहरुलाई
जर्मनी नागरिक दोर्जे र बम्जनका आसेपासेहरुलाई माफी माग्न लगाई
पत्रकारहरुको खासिएको क्याम्रा फिर्ता दिलाएका थिए । प्रहरीले सूचना पाए
लगत्तै घटनाका दोषिहरुलाई पक्राउ गर्न तथा खोसिएका पत्रकारका सामाग्री
फिर्ता गराउन भन्दै प्रहरी घटनास्थल हलखोरिया पुगेपनि प्रहरीले फुटेको
क्यामेराहरु ल्याएपछि सञ्चारकर्मीहरुले उक्त सामान प्रहरी मार्फ नै
फिर्ता गराएका थिए । घटनाको सम्वन्धमा नेपाल पत्रकार महासंघ, मोफसल
मिडिया कर्नर, बारा प्रेस चौतारी बारा, प्रेस युनियन बारा, मेची महाकाली
मिडिया सोर्साईटी, बारा, साप्ताहिक पाक्षिक मासिक सञ्जाल लगायतले
भत्र्सना गरेको छ । तपस्वि बम्जन कहिले आफै बेला बखतमा चर्चामा आउने
गर्छन भने कहिले कार्यक्रम गरेका बेला उनका स्वय सेवकका कारण बिबादमा
मुछिने गरेकाछन । तपस्वि बम्जन प्रबचन दिने स्थानहरुमा सयौको संख्यामा
हरिया रुखहरु काटिएको दृश्य जो कोहिले पनि हर्ेन सक्ने छ । तपस्वि राम
बहादुर बम्जन भगवान बुद्धको नाममा पहिले देखि नै ब्यापार गर्न लागी रहेका
छन ।

--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: