BREKING NEWS:


११ लाख नेपाली रुपैया सहित नेपाली र भारतीय नागरिकता भएको एक जना पक्राउ

शेखर छतकुली
बीरगंज १२ माघ
छडके चेकजाचको क्रममा शंका लागि ११ लाख नेपाली रुपैया सहित नेपाली र भारतीय नागरिकता भएको एक जना व्यक्तिलाई बीरगंज स्थित शसस्त्र प्रहरीको भंसार राजश्व गस्ति टोलीले हिजो सा"झ पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको मोटरर्साईकलमा चढी भारतको रक्शौलबाट बीरगंज तर्फआउने क्रममा प्रहरीको राजश्व गस्ति टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बीरगंज उप-महानगरपालिका वडा नम्बर १४ रानिघाट बस्ने ललित किशोर साह कलवार रहेको राजश्व गस्तिका शसस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र कुवरले बताएका छन् ।
पक्राउ परेका कलवारसंग भारतको पटनाबाट लिएको भारतीय स्थाई लेखा पान नम्बर रहेको र निजको पान नम्बरमा ललित किशोर प्रसाद उल्लेख भएको नायव प्रहरी उपरिक्षक कुवरले बताए । निजले श्री ब्याहुत दाल र लक्ष्मी र्राईस एण्ड फ्लोर मिल्सको नाममा नेपाल बैंक लिमिटेड सिटी अफिस बीरगंजबाट कर्जा लिएको देखिएका कारण सोधपुछ पछि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । आफुले दुवै देशको नागरिकता लिएको कलवारले साकार गरेको राजश्व गस्तिका शसस्त्र प्रनाउ कुवरले बताए । पक्राउ परेका कलवारलाई भंसार स्थित सशस्त्र प्रहरीले थप अनुशंधानका लागी हिजो नै जिल्ला प्रहरी कार्यालय पर्सर्ाा बुझाईएको  छ ।
जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रबक्ता एवं पहरी नायव उपरिक्षक रवीन्द्र के सी ले कलवारको अहिले थप अनुसन्धान भईरहेको बताएका छन् ।




--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: