BREKING NEWS:


६३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय महाबाणिज्य दुतावास वीरगंजले पनि एक कार्यक्रम गरी आफ्नो राष्ट्रिय दिवस मनायो

शेखर छतकुली
वीरगंज, १२ माघ
भारतको ६३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय महाबाणिज्य दुतावास वीरगंजले पनि एक कार्यक्रम गरी आफ्नो राष्ट्रिय दिवस मनाएको छ ।
वीरगंज स्थित महाबाणिज्य दुतावासले बिहिबार आफ्नो परिषरमा कार्यक्रमको  आयोजना गरी राष्ट्रिय दिवस मनाएको हो । कार्यक्रममा महबाणिज्य दुतावासका दुत आषुतोस अग्रवालले भारतीय राष्ट्रपति प्रतिभा देवीसिंह पाटीलले राष्ट्रका नाममा दिएको संदेश पढेर सुनाएका थिए । 
सो अवसरमा भारतीय महाबाणिज्य दुतावास वीरगंजको कार्य क्षेत्र पर्ने नेपालका विभिन्न ५ वटा संघ संस्थाहरुलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
    दुतावासले वीरगंजमा गणतन्त्र दिवस २०१२ को अवसर पारेर गरेको सो कार्यक्रममा ५ वटा एम्ुबुलेन्स हस्तान्तरण गरेको हो ।
    नेपाल भारत आर्थिक सहययोगको परम्परालाई निरन्तरता दिने क्रममा आफ्नो राष्ट्रिय दिवको अवसर पारेर नेपाललाई एम्बुलेन्स प्रदान गरिएको भारतीय दुतावास वीरगंजका दूत आषुतोष अग्रवालले बताए ।
    नेपालका विभिन्न संस्थाहरुलाई हस्तान्तरण गरिएका एम्बुलेन्सहरु मध्ये महाबाणिज्य दुतावास वीरगंजको तर्फाट ४ वटा र भारतीय दुतावास काठमाण्डौको तर्फाट एउटा गरी जम्मा ५ वटा एम्बुलेन्स रहेको दुतावास वीरगंजले जनायो ।
    एम्बुलेन्स माग गरिएका संस्थाहरु मध्ये विकासको अवस्था र स्थानीय बासिन्दहरुको स्वास्थ्य सेवा उपभोग गर्नको लागि तय गरिने दूरीको मध्यनजर गर्दै सेवा प्रदान गरिएको दुतावास वीरगंजले बताएको हो ।
    एम्बुलेन्स प्राप्त गर्ने नेपालका संस्थाहरुमा जिल्ला अस्पताल मलंगवा र्सलाही , नेपाल मुस्लिम समाज जनकपुर धनुषा , उप स्वास्थ्य चौकी बसामाडी मकवानपुर , उप स्वास्थ्य चौकी जितपुर वारा र भारतीय भुतपर्ूव सैनिक संघ पिठुवा चितवन रहेका छन् ।
    सो कार्यक्रममा वीरगंज स्थित हरिखेतान बहुमुखी क्याम्पस, दिल्ली पब्लिक स्कूल लगायतका छात्रछात्राहरुले भारतीय राष्ट्र भक्तिका गितहरु पनि प्रस्तुत गरेका थिए ।
--------------------



--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: