बीरगंजका मालपोत कार्यालय र १ नम्बर नापी गोश्वारा र भुमफियाहरुका जालोमा परी आफनो जन्म भुमी बास स्थानबाट बिस्थापित हुने अवस्था आएको छ ।
बीरगंज २२ पुस
बीरगंजमा सरकारी कर्मचारी र भु माफियाका कारण बीरगंजबासीहरु अहिले घर र
जग्गा बिहिन बन्न थालेकाछन ।
बीरगंजका मालपोत कार्यालय र १ नम्बर नापी गोश्वारा र भुमफियाहरुका जालोमा
परी आफनो जन्म भुमी बास स्थानबाट बिस्थापित हुने अवस्था आएको छ ।
यस्तै भएको छ बीरगंज उपमाहानगरपालिकाका वार्ड नम्बर ४ बिर्ता निवासी ७२
बषिर्य भाईराजा जोशीलाई । सोही स्थानमा बोजेको पालादेखी जोशी साधारण
परिवारमा हर्ुर्केर उनी पेशाले बीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसका
प्राध्यापक थिए । भाईराजाले सो क्याम्पसमा २०३० साल देखी २०६३ साल सम्म
कार्यरत थिए । करिब एक सय बर्षदेखी भोग चलन र बस्दै आएका बीरगंजको बिर्ता
४ स्थित भाईराजा जोशीको किता नम्बर ५४ को १ कटठा १७ धुर तिन कनवा जग्गा
अहिले अर्काको नाममा पास भएको छ । भाईराजाले आफनै घर अगाडी गरेको पत्रकार
सम्मेलनमा बिभिन्न राजनितीक पार्टर्ीी प्रमुखहरुले उपस्थिती जनाई यो
जग्गा भाईराजा जोशीको रहेको र आफुहरुले पचासौ बर्षपहिला देखी हर्ेर्दै
आएको बताएका थिए । पत्रकार सम्मेलनमा काग्रेस, एमाले, माओवादी, तमलोपा,
मधेशी जनअधिकार फोरम लगाएतका राजनितक दलका पार्टर्ीी नेताहरुले जोशीलाई
तनमन धनले सहयोग गर्ने पत्रकार सम्मेलनमा जनाएकाछन ।
पत्रकार सम्मेलनमा बोल्दै राजसनतीक पार्टर्ीी ब्यक्तीहरुले कुनै पनी
हालतमा यो जग्गाबाट आफुहरुले भाईराजा र उनका परिवारहरुलाई बिस्थापित हुन
नदिने त्यस्तो परि आएको खण्डम्ँँ आफुहरु तन मन र धनले सहयोग गर्ने
प्रतिबद्धता पत्रकार सम्मेलनमा ब्यक्त गरेका थिए । त्यस टोलमा अहिले युवा
समुहले एउटा समुह गठन गरेकाछन । ती युवा समुहले ब्यान्ार बनाई भित्ता
भित्तामा झुण्डयाई भुमाफियाहरु संग होसियार रहन आम जनतामा आग्रह गरेकाछन
भने भाईराजा माथी भएको अन्याएको बिरुद्धमा बिभिन्न संघ संस्थाहरुले बिरोध
पनी जनाएकाछन । अहिले भाईराजा करिव १० बर्षदेखी मुददा लडदै आईरहेकाछन ।
उनको स्थिती एकदमै नाझुक अवस्था रहेको छ भने शाारिरीक अवस्थाले उनी एकदमै
बृद्ध रहेकाछन तरपनी अहिले भाईराजा आफनो जिवनभरीको सम्पतीका लागी अहिेले
पनी ७२ बर्षो उमेरमा सर्बोच्य अदालतमा न्यायका लागी भौताडि रहेकाछन ।
तरपनी भाईराजालाई अदालतले आफनो पक्षमा फैसला सुनाउला भनेर बिश्वास एक रति
नभएपनी अव उहाको आशा र बिश्वास भने समाज र जनता मात्र हो । किनकी
दुनियामा सब भन्दा ठूलो अदालत भनेकै जनताको अदालत हो त्यसैलेपनी होला
भाईराजालाई समाज प्रती बिश्वास लागेको होला । तर बीरगंज मालपोत कार्यालय,
नापी शाखा र नापी गोश्वारा, लगाएतका स्थानहरुमा त अहिले भुमाफियाको यी
कार्यालयका कर्मचारीहरु संग ठूलो साठ गाठ रहने गरेको छ । बीरगंजमा एउटा
यस्तो गिरोह सक्रिय छ । अहिले यी भाई राजा जस्तो कति सोझा साझा जनताहरु
भुमाफियाहरुको चंगुलमा परी बिस्थापित भै सकेकाछन तर नत सरकारले यस्तो
सोझा साझा जनतालाई न्यान नै दिलाउन सकेको छ । यदि सरकारले अहिले यि बृद्ध
भाईराजालाई सर्बोच्ययले पनी न्याय दिन्ा सक्छ कि सक्दैन त्यो भने चासोको
बिषय बनेको छ । तर सरकारले त्यस्ता भ्रष्ट आफना कर्मचारीहरुलाई बेलामै
अंकुश लगाएर कारवाही गरेन भने भोलीका दिन जो कोही पनी सुरक्षा रहला भन्न
सकिन्न । उक्त जग्गा अहिले पर्सर्ााे सुरजाहा गाबिस वडा नम्बर १ बस्ने
जगदिश साह तेलीको नाममा लाल पर्ुजा बन्न पुगेको उनी बताउछन । २०४७ साल
आषाढ ३१ गते भाईराजाले नापी गोश्वारामा निबेदन दिनुभएको थियो । भुमी
सुधार मन्त्रालय नापी बिभागबाट खटि आएको टोलीको चलानी नम्बर ३३ को पत्र
अनुसार २०४७ साल श्रावण ७ गतेका दिन बीउमनपा वडा नम्बर ४ को किता नं ५४
को एक कटठा १७ धुर तिन कनवा जग्गामा भएको घर समेत नापी गोश्वारा र
मालपोतका भ्रष्ट कर्मचारीहरुले तेलीको नाममा बिना प्रमाणको पास गरि दिएका
हुन ।
आफुले आफना बाजेको पाला देखी बसोबास गर्दै आईरहेको र फिल्ड बुकमा खाली
भएको कारण सप्रमाण सहित मेरो नाममा लाल पर्ुजा बनाई दिन भनेर टोलीमा २०४७
सालमा निबेदन दर्ता गरी स्वाबासी दर्ता गरीपाउ भनि निबेदन जोशीले दिएका
थिए । जोशीलेे दिएको निबेदनको आधारमा नापी शाखाले बिर्ताका
स्थानियबासीहरु संग सरजमिन गर्राई सोही आधारमा लाल पर्ुजा दिने
निर्ण्र्ाानापी गोश्वाराले गरेको थियो ।
त्यस पछी बिभागबाट खटेर आएको नापी टोली केही दिन पश्चात पुन काठमाण्डौ
फिर्ता गएपछी बीरगंज स्थित १ नं नापीको काम काज कार्य ठप्प ठप्प हुन
पुगेको थियो । फेरी नापी शाखाको कार्य २०५८ सालमा काम कारवाही शुरु भयो
। सो क्रममा भाईराजाले नापीमा आफुले दिएको निबेदनको आधारमा ५४ नम्बर
किताको घर जग्गा आफनो नाममा गर्न नापीलाई अनुरोध गरेपछी बीरगंज मालपोत
कार्यालयमा सम्पुण श्रेस्ता कागजहरु बुझाई सकेको र त्यही गएर हर्ेनु भनी
नापीले निबेदक भाईराजा जोशीलाई जवाफ दिई फर्काएको जानकारी आफनै घरको
अगाडी पत्रकार सम्मेलन गरी जनाएका थिए । तत्पश्चात ०५८ सालमा बीरगंज
मालपोत कार्यालय पर्सर्ाा गएर बुझदा उक्त ५४ नम्बर किताको जग्गँ सुरजाहा
१ निवासी जगदिश साह तेलीको नाममा भएको थाहा पाएपछी आफुलाई एक्कासी
आकाशबाट खसेको जस्तो भएको आखा भरी आसु गर्दै बताएका थिए । जगदिश प्रसाद
साह तेली भनेको तत्कालिन सुकुमबासी आयोग पर्सर्ाा अध्यक्ष दिना प्रसार
साह तेली सहोदर ठुला दाजु हुन । उक्त जग्गा अध्यक्ष दिना प्रसाद साह तेली
र तत्कालिन १ नम्बर गोश्वारा नापीका प्रमुख ह्दय नारायण मिश्रको
मिलोमतोमा करिब २५ लाख रुपैया लिएर जगदिश साह तेलीको नाममा दर्ता गराएका
थिए । १ नम्बर गोश्वारा नापीका प्रमुख मिश्रको सिफारिसको आधारमा मालपोत
कार्यालय पर्सर्ाा जगदिशको नाममा २०५८ साल बैषाख ९ गतेको पत्रमा लाल
पर्ुजा बनाईएको मालपोतको रर्ेकर्डबाट देखिन गयो । भाईराजाको जग्गा
भुमाफिया र तत्कालिन सुकुमबासी सम्सया सामाधान आयोगका अध्यक्ष उनका दाजु
दिना साह तेली र १ नम्बर गोश्वारा नापीका तत्कालिन प्रमुख मिश्रको
मिलोमतोको बारेमा पत्र पत्रिका र टिभीहरुमा यसको बारेमा सामाचार प्रकाशमा
आयो । र सामाचार प्रकाशनमा आएपछी नापी शाखाको केन्द्रिय कार्यालयबाट
जाचबुझ टोली आई छनबिन गरी बीरगंज मालपोत कार्यालय पर्सर्ााई सत्य तथ्य
जानकरी गराए पछी मालपोत कार्यालय पर्सर्ाा निज जगदिश प्रसाद साह तेलीको
नाममा दर्ता भएको जग्गा दर्ता खारेज गर्ने निर्ण्र्ााभएको थियो । उता
पिडत भाईराजाले जिल्ला प्रशासनमा दिएको निबेदनको आधारमा ०५८ साल बैशाष ३
गते जिल्ला प्रशासन कार्यालय पर्सर्ााे पत्रको चलानी नम्बर २०८ को पत्र
अनुसार सो जग्गा रोक्का गर्न जिल्ला प्रशासन कार्यालयले मालपोतलाई आदेश
दिएको मालपोतको रर्ेकर्डले देखाएको छ । त्यसपछी फेरी जिल्ला प्रशासन
कार्यालय पर्सर्ाा पत्र चलानी नम्बर ४८९ को अनुसार मिती २०६८ साल आषाढ ५
गते मालपोतमा जगदिश साह तेलीको नाममा रोक्का रहेको बिर्ता ४ को ५४ नम्बर
किताको जग्गालाई फुकुवा गरेको थियो । ज्रि्रका पर्सर्ााे पत्र अनुसार
मालपोत कार्यालयले २०६८ साल आषाढ २२ गते उक्त जग्गालाई फुकुवा जारी गरेको
मालपोतको एक रर्ेकर्डले देखाएको छ । जगदिश साह तेलीको नाममा रहेको सो
जग्गा फुकुवा पश्चात तेलीले उक्त जग्गा र त्यसमा रहेको घर सहित बीरगंज
उपमाहानगरपालिका बडा नम्बर १३ रानिघाट बस्ने बाजे लक्ष्मण साह कलवारका
छोरा जग्गाका कारोवारी बाबु शिव जी प्रसाद साह कलवारकी छोरी प्रतिमा
कुमारी साहकी नाममा २०६८ साल आषाढ ३१ गतेका दिन बिक्री गरेको मालपोतको एक
तथ्याङ्कले देखाएको छ ।
उता जगदिस साह तेली माथी भाईराजाले आफनो नामको जग्गा मालपोतका कर्मचारी र
नापी गोश्वाराका तत्कालिन प्रमुख ह्दय नारायण मिश्रले ठुलो रकमको भरमा
तेलीको नाममा गरेको पर्सर्ााजल्ला अदालतमा मुददा दायर गरेका थिए ।
जिल्ला अदालतले जगदिश साह तेलीको नाममा जग्गाको सम्बन्धमा के कती प्रमाण
छ भनी अदालतको पत्र चलानी नम्बर १ सय ११ को पत्र २०५९ साल मंसिर १६ गते १
नं नापी गोश्वारालाई गरेको पत्राचार अनुसार नापीले जगदिश तेलीको कुनै
प्रमाण यस कार्यालयमा नरहेको जवाफ पठाउदा पनी के आधारमा पर्सर्ााजल्ला
अदालतले जगदिश तेलीको पक्षमा मुददाको फैसला सुनाएको छ ।
जोशी भन्छन अदालतले जगदिशको पक्षमा के आधारमा फैसला सुनायो । अहिले पनी
भुमाफियाहरु बिरगंजको मालपोत कार्यालयमा सत्रिय देखिएकाछन । जसको परिणाम
यस्ता कति भाईराजाहरु घरबार बिहिन हुन पुगेकाछन ।
आफु संग सो जग्गा र घरको अन्य प्रमाणको अलावा २०१८ साल देखी टेलीफोन,
पानी, र बिजुली बत्तीको लाईन आफनो नाममा पनी आज सम्म दर्ता रहेको र सोको
यी कार्यालयमा अहिले पनी यतिका प्रमाणहरु रहदा रहदा पनी के आधारमा
अदालतले उसको पक्षमा फैसला सुनायो आफुले बुझन नसकेको र अब कस माथी र काहा
न्याय माग्न जाने बताउछन ।
भाईराजाले जिल्ला अदालत पर्सर्ााट मुददा हारेपछी उनी पुनरावेदन अदालत
हेटौडामा रिट दायर गरे तर दर्ुभाग्य पुनरावेदन अदालतका तत्कालिन न्यायधिश
र बर्तमान उपराष्ट्रपति परमानन्द झाकोर् इजलासले पुनः जगदिश तेलीको
पक्षमा फैसला सुनायो ।
यसै सम्बन्धनमा हामिले बीरगंज उपमाहानगरपालीका वडा नम्बर ४ का तत्कालिन
वडा अध्यक्ष प्रदिप सुवेदी भन्छन आफु वडा अध्यक्ष हुदा २०५८ साल बैषाख १४
गते बाजेको पाला देखी नै बसोबास गर्दै आईरहेको भनी सिफारि गरेको बताउछन ।
यसै सम्बन्धमा भन्छन बीरगंजका एक कानुन ब्यावसायी अनिरुद्ध सिंह जुन
किसिमले जिल्ला र पुनरावेदन अदालतले भाईराजा संग यतिका प्रमाण हुदा हुदा
पनी के को आधारमा जगदिश तेलीको पक्षमा फैसला गरयो । कानुन ब्यावसायी सिंह
भन्छन । सुकुमबासी आयोगले कस्तो मानिसलाई सुकुमबासी भनी जग्गा दिने
त्यसमा सुकुमबासी आयोगले ध्यान दिनु पर्छ सिंह बताउछन । त्यो ब्यक्ती
सुकुमबासी हुन्छ जस्ाको नेपालको कुनै स्थानमा उसको नाउमा जग्गा हुदैन र
त्यसमा पनी बीरगंजको मुटुमा पर्ने करौडो रुपैयाको जग्गा कसरी सुकुमबासीको
सिफारिसमा लाल पर्ुजा दियो यो अनुसंधानको बिषय रहेको सिंहको भनाई छ ।
--
Please find the attached document.
Thank you!
Regard's :
shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240
0 comments:
