BREKING NEWS:


मध्यमान्चल ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले बेवारिसे अवस्थामा एउटा चोरीको गाडी पक्राउ

शेखर छतकुली
बीरगंज ८ मंसिर
एक रिर्पोट
मध्यमान्चल ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले बेवारिसे अवस्थामा
एउटा चोरीको गाडी पक्राउ गरेको छ ।
मध्यमान्चल ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी नायव उपरिक्षक
रवि राज खडकाको नेतृत्वमा गएको टोलीले बाराको सिमरा स्थित हुलास स्टिलको
गेट अगाडी बेवारिसे अवस्थामा पक्राउ गरेको हो ।
बिशेष सुराकीको आधारमा उक्त नम्बर प्लेट नभएको चोरीको गाडी रोकेर राखेको
सुचना पाए पछी पक्राउ गरिएको मध्यमान्चल ट्राफिक प्रहरी कार्यालय
पथलैयाका प्रहरी नायव उपरिक्षक खडकाले बताएकाछन । उक्त चोरीको गाडीमा सि
सि क्याम्रा पछाडी जडान गरिएको छ ।
ट्राफिक प्रहरीले पक्राउ गरेको उक्त चोरीको पजेरो गाडीको भित्र रहेको
गेयर बक्स नभएको भन्दै राजश्व अनुसंंधान मध्यमान्चलर् इकाई कार्यालय
पथलैया बाराका प्रमुख र्सर्ुय सेर्ढाईले गाडीको किमती सामान नभए पछी गाडी
राख्ने ठाउ छैन भन्दै पहिलो दिन गाडी बुझन नमाने पछि ट्राफिक प्रहरीले
उक्त गाडी फिर्ता लगेको थियो । एउटा कार्यालयमा मात्र टेण्डर बुझाउने
प्रकृया भएको कारण स्थानिय युवाहरुले गुण्डा गर्दी गर्ने र बिबाद हुने
भएकाले अहिले राजश्व अनुशंधान कार्यालयमा रहेको गाडीहरुको टेण्डर बुझाउदा
बाराको जिल्ला प्रशासन कार्यालय बारा कलैयार्,र् इलाका प्रहरी कार्यालय
सिमरा बारा, शसस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैया बारा, र राजश्व
अनुसंधान कार्यालय पथलैया बारामा गरी पाच बटा सरकारी कार्यालयमा टेण्डर
शुरु भएका कारण राजश्व अनुसंंधान मध्यमान्चलर् इकाई कार्यालय पथलैयाका
कर्मचारीहरुको ठेकेदारहरु संग मिलेर रकम खाने दिन गएको छ । अहिले
पर्सर्ााबारा रौतहतमा अहिले गाडी माफियाहरुले भारतिय नम्बर भएको चोरीको
नया नया गाडीहरु आफैले खरिद गरि नेपाल भित्रयाई गाडी भित्रको गेयर बक्स,
सिट, चक्का, ढोका लगाएतका किमती सामानहरु आफैले झिकेर नेपाल प्रहरी,
शसश्त्र प्रहरी, ट्राफिक प्रहरी, बीरगंज भंसार कार्यालय र राजश्व
अनुसंधान कार्यालयमा खबर गरि पक्राउ गर्न लगाएर दोहोर आमदानी गर्ने
रोजगार गर्न थालेकाछन । पहिलो आफैले पक्राउ गर्न लगाएर कमिशन खाने र
दोस्रो भारतिय नम्बरको गाडीलाई आफैले राजश्वका र भंसारका कर्मचारीहरु संग
मिलेर लिलाम सकार गरि गाडी लिने गरेकाछन । कर्मचारीहरुको मिलोमतोमा गाडी
माफिया र तस्करहरुले अहिले यस्तो तरिकाहरु अपनाए पनी राज्यले लाखौ रुपैया
बराबरको घाटा बेहोर्नु परि रहेको छ ।


--
Please find the attached document.
Thank you!

Regard's :

shekhar Chhatakuli
jounralist
Birgunj- Parsa
Mobile : 9855022240

0 comments: