BREKING NEWS:


लक्ष्य भन्दा कम राजश्व असुली



शेखर छतकुली
बीरगंज जेष्ठ १९ गते
बीरगंज भंसार कार्यालयले चालु आर्थिक बर्ष०६७/०६८ को बैशाष महिनामा लक्ष्य भन्दा २७.४३ प्रतिशत कम राजश्व असुली गरेको छ ।
भंसार कार्यालयले चालु आर्थिक बर्ष०६७/०६८ को बैशाष महिनामा लिएको लक्ष्य चार अर्व ६० करोड ४१ लाख ७० हजार रुपैया रहेकोमा तिन अर्व ३३ करोड ९५ लाख ७३ हजार रुपैया मात्र असुली गर्दै लक्ष्य भन्दा २७.४३ प्रतिशत कम राजश्व असुली गरेको भंसार प्रमुख लावण्य ढकालले जनाएकाछन ।
त्यस्तै चालु आर्थिक बर्ष०६७/०६८ को बैशाषको दश महिना सम्म बीरगंज भंसारलाई दिएको लक्ष्य ४१ अर्व ४० करोड ६० लाख ७९ हजार रुपैया रहेकोमा ३७ अर्व ९३ करोड ४८ लाख ६३ हजार रुपैया मात्र असुली गर्दै लक्ष्य भन्दा ९ प्रतिशत कम असुली भएको हो ।
जस अनुसार चालु आर्थिक बर्ष०६७/०६८ को दश महिनाको बैशाष सम्म भंसार राजश्व तर्फ१५ अर्व ७४ करोड ५७ लाख ४७ हजार रुपैया लक्ष्य रहेकोमा १३ अर्व २९ करोड १२ लाख नौ हजार रुपैया राजश्व असुली गर्दै लक्ष्य भन्दा १६ प्रतिशत कमी आएको हो ।
त्यस्तै मुल्य अभिबृद्धी कर तर्फदश महिनाको बैशाख सम्म अवधीमा १७ अर्व ५७ करोड ३१ लाख २२ हजार रुपैया लक्ष्य रहेकोमा १६ अर्व ९८ करोड ३० लाख ३३ हजार रुपैया राजश्व असुली गर्दै लक्ष्य भन्दा चार प्रतिशत कम राजश्व असुली भएकोे छ भने त्यसैगरी अन्तशुल्क तर्फदश महिनाको बैशाख सम्म अवधिमा ८ अर्व ८ करोड ७२ लाख १० हजार लक्ष्य रहेकामा ६ अर्व ८० करोड ९ लाख २१ हजार रुपैया असुली गर्दै लक्ष्य अनुरुप १६ प्रतिशत कम राजश्व संक्लन गरेको छ भने चालु आर्थिक बर्षो दश महिनाको बैशाख सम्मको अवधीमा अन्य शिर्षबाट ८५ करोड ९७ लाख राजश्व असुली गरेको  भंसार प्रमुख ढकालले जनाएकाछन ।
लक्ष्य अनुरुप राजश्व संक्लन लक्ष्य पुरा नहुनुको प्रमुख कारण एकातिर बैंकले लगानी नगरेको कारण ठूला तथा साना यातायात सवारीको साधनहरुको आयातमा कमी आएको हुनाले हो भने अर्को तिर पेट्ोलियम पदार्थको आयातमा कमी आएको सरकारले दिएको लक्ष्य पुरा हुन नसकेको भने अर्को तिर गत बर्ष०६६/०६७ को लक्ष्य भन्दा चालु आर्थिक बर्ष०६७/०६८ को लक्ष्यमा १४ अर्व रुपैया थप गरेर बढाएका कारण पनी चालु आर्थिक बर्षो दश महिना सम्मको लक्ष्य पुरा हुन नसकेको प्रमुख ढकालको भनाई रहेको छ ।


0 comments: