BREKING NEWS:


बीरगंजले क्षेत्र नम्बर ४ भैरहवालाई ८ रनले पराजित गरी समुह ए बाट सेमिफाइनलमा प्रवेश

बीरगंज १६ फाल्गुण
बीरगंजको नारायणी क्रिकेट रगंशालामा जारी ९महतो समुह० एम।जि।समुहद्धारा
संचालित राष्ट्रियस्तरको एम।जि। ट्रफि टि। ट्वान्टी क्रिकेट प्रतियोगिता
२०११ अन्तर्गत सोमवार भएको दोस्रो खेल क्षेत्र नम्बर २ बीरगंजले क्षेत्र
नम्बर ४ भैरहवालाई ८ रनले पराजित गरी समुह ए बाट सेमिफाइनलमा प्रवेश गर्न
सफल भएको छ ।
बीरगंजले टस जितेर ब्याटिगं गरेकोमा जम्मा ७ विकेटको नोक्सानीमा १४१ रन
बनाएको थियो । १४२ रनको लक्ष्य बोकेर मैदानमा उत्रेका भैरहवाले सात
विकेटको नोक्सानीमा जम्मा १३३ रन मात्र जोडन सफल भएपछि बीरगंज ८ रनको
झिनो अन्तरले बिजयी भएको हो । आजको मैन अफ दि म्याच बीरगंजका अमित
श्रेष्ठले भएका छन् । श्रेष्ठले ३७ वलमा ५६ रन जोडन सफल भएका थिए ।
मंगलबार तीन वटा प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएको छ ।
बीरगंजस्थित नारायणी क्रिकेट रगंशालामा दुइ वटा प्रतियोगिता र बाराको
कलैयामा एउटा प्रतियोगिता हुन गइरहेको आयोजकले जनाएको छ । समुह ए
अन्तर्गत हुने भैरहवा र नेपालगंजबीच बाराको कलैया क्रिकेट मैदानमा हुनेछ
। नारायणी क्रिकेट रगंशलामा समुह वि को पहिलो खेल क्षेत्र नम्बर १
विराटनगर र क्षेत्र नम्बर ६ बैतडीबीच हुनेछ भने दोस्रो खेल क्षेत्र नम्बर
३ काठमाडौ र क्षेत्र नम्बर ७ जनकपुरबीच हुने आयोजकले जनाएको छ ।

0 comments: