माओवादी लडाकु ब्यवस्थापन नभए सम्म गृह मंत्री दिन नहुने एमाले नेता के पी ओली
शेखर बहादुर क्षेत्री
बीरगंज फागुन १३ गते शुक्रवार
नेकपा एमालेका नेता के पी शर्मा ओलीले एकिकृत नेकपा माओवादीलाई कुनै पनी
हालतमा गृह मंत्री दिन नहुने बताएकाछन ।
रिपोर्टस क्लबले बीरगंजमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा
बोल्दै ओलीले लडाक हथियारको टुङ्गो नलागे सम्म माओवादीलाई सुरक्षा
सम्बन्धी कुनैपनी मंत्रालय दिन नहुने बताउनुभएको छ ।
नेता ओलीले माओवादी लडाकुको ब्यवस्थापन नभए सम्म गृह मंत्री कुनै पनी
हालतमा दिन नहुने बताउनुभएको हो ।
नेता ओलीले प्रधानमंत्री चयन भएको एक महिना बितन लाग्दा पनी मंत्री परिषद
बिस्तार हुन नसकनुले बाकी रहेको तिन महिनाको समयमा पनी संबिधान बन्न
नसकने हो की आसंका ब्यक्त गर्नुभयो ।
ओली बीरगंज स्थित नेशनल मेडिकल कलेजको बाषिर्क उत्सव कार्यक्रममा ुहभागी
हुन बिहीवार बीरगंज पुग्नु भएको थियो ।
0 comments:
