BREKING NEWS:


कैदी र प्रहरी बिच झडप हुदा करिब दर्ुइ दर्जन भन्दा बढी कैदीहरु र्घाईते

बीरगंज १६ गते फागुन

बीरगंज कारागारमा आज बिहानै देखी कैदी र प्रहरी बिच झडप हुदा करिब दर्ुइ
दर्जन भन्दा बढी कैदीहरु र्घाईते भएकाछन ।
कारागारमा रहेका कैदी बन्दीका मुल नाईके लालबाबु अंसारीलाई दाङ कारागारमा
सार्ने बिषयलाई लिएर कैदीहरुले बिरोध गर्दै कारागारको मुल ढोका भित्रबाट
ताल्चा लगाए पछी प्रहरीले ताल्चा फोडने क्रममा झडप भएको नाईके बिदेशी
साहले जनाएकाछन ।
बिगतका दिनहरुमा कैदीका नाईकेहरु संग बिस हजार लिदै आएका कारागारका
निमित्त जेलर बिर बहादुर राउतले रकम नदिएको भन्दै बीरगंज कारागारबाट
लालबाबु अंसारीलाई अन्यत्र सार्ने क्रममा बिरोध गरेपछी प्रहरीले
आफुहरुमाथी बल प्रयोग गर्न खोज्दै कारागार भित्र प्रवेश गर्न खोजे पछी
आफुहरुले प्रतिकारमा आर्लेको नाईके साहले बताएकाछन । पर्सर्ाा प्रमुख
जिल्ला अधिकारी नागेन्द्र झाले नाईकेहरुले कारागार भित्र कैदीहरु संग
जबरजस्ती हप्तावारी उठाउदै आएको हुनाले अन्यत्र र्सार्न लागिएको बताएकाछन

प्रहरीहरु कारागारको भित्र प्रबेश गर्ने क्रममा कैदीहरुले ढुङ्गा मुडा
गर्न थालेपछी प्रहरीले स्थिती नियन्त्रणमा लिनका लागी एक राउण्ड हवाई
फायर गर्नुको साथै सात राउण्ड आश्रु ग्यास प्रहार गरेका थिए ।
कारागार भित्र बिहान आठ बजे देखी भएको बिबाद र झडप प्रहरीले दिउसो तिन
बजे मात्र आफनो नियन्त्रणमा लिएको थियो ।
कारागारले अहिले चार जना नाईकेहरुलाई अन्यत्र सार्नेयोजना भएपनी दर््इ
जना नाईकेलाई आज अर्को कारागारमा लगिएको छ ।
कैदी बन्दीहरुले कारागारका जेलरले आफुहरु संग बिस हजार रुपैया माग्दै
आएकाछन भने उक्त रकम नदिने नाईकेहरुलाई अन्य स्थानमा सार्ने धम्की दिदै
आएको नाईकेहरुले आरोप लगाएकाछन ।
र्घाईते कैदीहरुको उपचार भित्रै भैरहेको छ ।

0 comments: