तीन ठुला दलले चाहयो भने बाकी रहेको तीन महिनामा छोटकरीमै भएपनि एउटा संविधान बनाउन सक्ने ठोकुवा अध्यक्ष राणा
शेखर बहादुर क्षेत्री
बीरगंज १४ फाल्गुण
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी केन्द्रीय अध्यक्ष पशुपति शम्शेर राणाले
तीन ठुला दलले चाहयो भने बाकी रहेको तीन महिनामा छोटकरीमै भएपनि एउटा
संविधान बनाउन सक्ने ठोकुवा गर्नुभएको छ ।
बीरगंजको होटेल सम्झनामा आयोजा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष
राणाले यस्तो ठोकुवा गर्नु भएको हो । उहाले तर यसको लागि राजनीतिक
दलहरुमा इमान्दार नियतको आवश्यक्ता भएको औल्याउनुभयो ।
नेकपा एमाले र माओबादीबीच भएको सात बुदे सहमतिमध्ये अलग फोर्सको श्रृजना
गर्ने र दिर्घकालिन प्रधानमन्त्रीको आलोपालो ब्यवस्था गर्ने, यी २ वटा
बुदामा राप्रपाको कडा आपति रहेको अध्यक्ष राणाले बताउनु भयो । लडाकुको
अलग फोर्स श्रृजना गर्ने हो भने माओबादीको पुरानै नौटंकी फेरी दोहरिन्छ र
जब प्रधानमन्त्री खनाल आफैले बा"की रहेको तीन महिनाभित्र शान्ति र
संविधान निर्माण गर्र्छौ भनेर प्रतिबद्धता गरिसकेपछि अब के को लागि
आलोपालो प्रधानमन्त्री चाहियो - राणाले प्रत्रि्रश्न गर्नुभयो ।
पत्रकार सम्मेलनमा केन्द्रीय सहमहामन्त्री बाबुराम पौडेल, केन्द्रीय
सदस्य भुवन पाठक, जिल्ला अध्यक्ष्ँ गोखुल प्रसाद कर्ुर्मी र राजपा जिल्ला
अध्यक्ष्ँ रामप्रसाद यादबको उपस्थिती रहेको थियो ।
0 comments:
