कांग्रेस, माओबादी र एमालेले मधेसी शक्तिलाई उपेक्षा गरेर ल्याएको शान्ति र निर्माण गरेको संविधानको कुनै औचित्य नहुने
श्ोखर बहादुर क्षेत्री
बीरगंज १२ फाल्गुण
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष्ँ उपेन्द्र यादबले कांग्रेस,
माओबादी र एमालेले मधेसी शक्तिलाई उपेक्षा गरेर ल्याएको शान्ति र निर्माण
गरेको संविधानको कुनै औचित्य नहुने बताउनु भयो । जबसम्म मधेसका शक्तिहरु,
कांग्रेसका शक्ति र कम्युनिष्टका शक्तिहरु बीचमा शान्तिका बिषयमा र
संविधान निर्माणको बिषयमा सहमति, सहकार्य र एकआपसमा समझदारी हुदैन तबसम्म
देशले निकास पाउन नसक्ने अध्यक्ष यादबको दावी थियो ।
अध्यक्ष यादब बारामा सम्पन्न दर्ुइ दिने युवा प्रशिक्षण कार्यक्रममा
सहभागी भई र्फकने क्रममा आज बीरगंजमा आयोजना गरिएको साक्षात्कार
कार्यक्रममा केन्द्रीय सदस्य तथा सभासद आत्माराम साह, अब्दुल जवाहर,
रामविलास यादब, केन्द्रीय सल्लाहकार चन्देश्वर यादब, लालबाबु राउत गदी,
जिल्ला उपाध्यक्ष्ँ प्रदिप यादब लगायतको उपस्थिती रहेको थियो ।
0 comments:
