BREKING NEWS:


दलहरुले आफनो स्वार्थ र चाहनाभन्दा माथि उठेर देश र जनताको लागि सोच्नु पर्नेमा जोड उपाध्यक्ष डा.बाबुराम भटर्राई

श्ेाखर बहादुर क्षेत्री
बीरगंज फागुन ७ गते
एकीकृत नेकपा माओबादीका उपाध्यक्ष डा.बाबुराम भटर्राईले वर्तमान अवस्थामा
राजनीतिक दलहरुले आफनो स्वार्थ र चाहनाभन्दा माथि उठेर देश र जनताको लागि
सोच्नु पर्नेमा जोड उपाध्यक्ष डा.बाबुराम भटराइ दिनुभएको छ ।
बाराका सिमरामा सम्पन्न मधेस ब्युरो राज्य सचिवालयस्तरिय प्रशिक्षण
कार्यक्रमबाट काठमाडौ र्फकने क्रममा सिमरा बिमानस्थलमा सञ्चारकर्मीसंग
कुरा गर्दै यस्तो जोड दिनुभएको हो । उपाध्यक्ष्ँ भटर्राईले यतिवेला
अनावश्यक ढगंबाट विवाद गर्नुभन्दा पनि सबै दल मिलेर अगाडी बढन सके मात्र
शान्ति प्रकृया तार्किक निष्कर्षा पूग्ने र तोकिएको समयभित्र संविधान
निर्माण हुने आफनो धारणा राख्नु भयो ।
३ महिनाभित्र संविधान निर्माण हुन्छ भनेर सञ्चारकर्मीले राखेको प्रश्नमा
लगभग सबै समितिको मस्यौदा आईसकेको छ, डाफट बनाउन कुनै समस्या छैन । केवल
राजनीतिक दलमा सहमती बने केही हप्ताभित्रै शान्ति र संविधानको समस्या
टुगिने बताउनु भयो ।

0 comments: