प्लाष्टिक उधोग संघद्धारा लोड सेडिङको बिरोधमा बीरगंज बजार बन्द
बीरगंज माघ २८ गते
बीरगंज प्लाष्टिक उधोग संघद्धारा लोड सेडिङको बिरोधमा बीरगंज बजार बन्द गरेकाछन ।
संघले शुक्रबार बिहान आठ बजे बीरगंजको घंटाघरबाट निकालेको जुलुसले नगर
परिक्रमा गर्दै समपर्ुण्ा उधोगी ब्यापारी र पसल दिउसो १२ बजे सम्म बन्द
गर्न आह्रवान गरेका थिए ।
बीरगंज क्षेत्रमा रहेको करिब १ सय २५ वटा भन्दाबढी प्लाष्टिक उधोगहरु ले
लोड सेडिङ्गको अवधी कटौती गर्न माग गर्दै जुलुस पर््रदशन गरेका हुन ।
बिहीबार बिधुत प्राधिकरणको कार्यालयमा प्लाष्टिक उधोगका संचालक तथा
उधोगका मजदुरहरुले चार घण्टा नाराबाजी गर्दै घेराउ गरेका थिए । सातामा
तिन दिन मात्र भएपनी नियमित रुपमा दश घण्टा बिधुत आपर्ुर्तिको ब्यवस्था
मिलाउन प्राधिकरण संग माग गरेको प्लाष्टिक उधोग संघका अध्यक्ष कुवेर
गुप्ताले जनाएकाछन ।
संघको एक टोलीले माघ २५ गते प्राधिकरणका प्रमुख पद्म कान्तझालाई चार
बुन्दे ज्ञापन पत्र बुझाउदै तिन दिन भित्र आफुहरुको माग पुरा नभए कडा
आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
प्लाष्टिक उधोगीहरुको माग प्रती आफु साकारात्मक रहेको र आफनो सम्बन्धीत
निकाएमा पहल गर्ने प्राधीकरणका प्रमुख झाले आश्वासन दिएका थिए ।
0 comments:
