BREKING NEWS:


भंसार राजश्व गस्तिद्धारा तस्करीको लाईन खुल्ला

शेखर छतकुली
बीरगंज माघ १८ गते
शसस्त्र प्रहरीको बीरगंज भंसार राजश्व गस्ति टोलीले भंसारको आस पास
क्षेत्रबाट तस्करीको लाईन खुल्ला गरेको छ ।
नेपालकै प्रमुख भंसारको रुपमा रहेको बीरगंज भंसार कार्यालयको पछाडीबाट
भंसार स्थित शंकराचार्य गेटको
अगाडीबाट शसस्त्र प्रहरीको राजश्व गस्तिले राती ११ बजे देखी बिहान चार
बजे सम्म तस्करीको लाईन खुल्ला गरेको एक तस्करले नाम न छाप्ने शर्तमा
बताएको छ ।
तस्करहरुले भारतबाट टायर गाडामा लत्ता कपडा, मोटर पार्टस, हार्डवेयर,
लगाएतका सामानहरु ल्याई बीरगंज भंसार कार्यालयको पर्ुवपट्टर्ीर् इनरुवा
गाउबाट दैनिक पाच सय र्साईकलमा अबैध सामान भंसार छलेर बिरगंज भित्रयाउने
गरेकाछन । तस्करहरुले छिमेकी मुलुक भारतको रक्शौलबाट अबैध रुपमा भंसार
छलेर भंसार कार्यालय पछाडर्ीर् इनरुवा गाउको खोला छेउमा रहेको पिपल बोट
मुनीको एक घरमा भंडारण गरी राख्ने गरेकाछन । शसस्त्र प्रहरीको राजश्व
गस्तिका प्रमुख डि एस पी ध्रुवराज सिग्देलले भंसार क्षेत्रबाट लाईन
नदिएको बताए पनी मंगलवार राती ११ बजे शंकराचार्य गेट नजिक पुग्दा सो
गेटको पर्ुव पट्टी सडकको पेटीमा करिव दश ट्रक बराबर तस्करीगरेर भंसार
छलेर लाने उदेश्यले राखेकाथिए
राती उक्त ठाउमा राखेको अबैध सामानहरु तस्करले ट्रकमा लोड गरी बीरगंजको
केही नामुद ट्रान्सपोर्टको माध्यमबाट देशको बिभिन्न भागमा पुरयाउने गर्छन

शसस्त्र प्रहरीको भंसार राजश्व गस्तिका प्रमुख ध्रुवराज सिग्देलले
तस्करीको लाईन दिए वापत प्रति ठेला ६ हजार रुपैया लिने गरेको एक तस्करले
जनाएको छ ।
यसरी तस्करहरुलाई तस्करीको लाईन दिए वापत नेपाल प्रहरीका डि आई जी गंगा
पाण्डे र शसस्त्र प्रहरी रुद्रबाहिनी पथलैयाका डि आई ऋषव देव भट्टर्राई
समेतले मासिक लाखौ रुपैया लिने गरेको स्रोतको दाबी रहेको छ ।
राजश्व गस्तिका प्रमुख सिग्देलले तस्करीको लाईन मुखी र भोलु भन्नेलाई
दिएकाछन भने भंसार कार्यालयको पश्चिममा रहेको भकुवा र छपकैया घाटबाट
अर्का तस्कर भारतको रक्शौल निवासी बाबु साहेब भन्ने ग्रुपलाई लाईन दिए
पनी माघ १० गतेबाट यस नाकाको लाईन बन्द गरी बढी रकम दिने मुखी र भोलु
भन्ने
- बाईस पाटी ग्रुप ) तस्करलाई लाईन खुल्ला गरेका हुन । जुन तस्करले रकम
बढी दिन्छ त्यसैलाई लाईन शसस्त्र प्रहरीले दिने गरेको छ ।
यस सम्बन्धमा गस्तिका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक ध्रुवराज
सिग्देल संग बुझदा आफुले कुनै पनी तस्करहरुलाई तस्करीको लाईन नदिएको
बताउदै आफना मातहतका तल्लो दर्जाकाले लाईन दिएको हुन सक्ने र त्यस्तो
भेटिएमा आफुले ति ब्यक्तिहृरुल्र्ँाई कारवाही गर्ने बताए ।
त्यसैगरी पर्सर्ाा ग्रामिण भेगमा रहेको बिभिन्न छोटी भंसार नाकाबाट चिनी
र मल गरी दैनिक २५ ट्रक भन्दा बढी भंसार छलेर तस्करहरुले भित्रयाउने
गरेकाछन ।
यसरी अवैध सामान भित्रिने नाकाहरुमा पर्सर्ााजल्लाको भिस्वा, अमरपट्टी,
धोरे, आसवारी लंगडी, जानकीटोला, महुवन, पोखरिया, लगायतका स्थानहरुबाट
दैनिक पचास लाख रुपैया भन्दा बढीको अबैध चिनी मल लगाएत खाधान्य सामानहरु
भित्रिने गरेको छ ।
यस सम्बन्धमा सशस्त्र प्रहरीका डि आई जी ऋषव देव भट्टर्राई संग बुझदा यस
बारेमा आफुलाई कुनै जानकारी नभएको बताएकाछन ।

0 comments: