BREKING NEWS:


चालु आर्थिक बर्षा पान मसला र गुटखामा राजश्वम घटयो

शेखर छतकुली
बीरगंज १२ आषाढ
बीरगंज भंसार कार्यांलयले पान मसला , गुटखा र सर्ुर्ती जन्य बस्तुहरुमा चालु आर्थिक बर्षो दश महिनामा ५४ लाख ८५ हजार रुपैया राजश्व संकलन गरेको जनाएको छ ।
दश महिनाको अवधिमा भंसार राजश्वबाट १४ लाख ६८ हजार संकलन गरेको छ भने अन्तशुल्क्ःब्ँँट १४ ल्ँाख ९७ हजार सात सय ६० संकल्न गरेको जनाएको छ भने बाकी राजश्व मुल्य अभिबृद्धी करबाट संकल्न गरेको भंसार कार्यालयले जनाएको छ ।
पान मसला , गुटखा र सर्ुर्ती जन्य बस्तुहरु यो चालु आर्थिक बर्षो दश महिनाको अवधिमा ६ हजार पाच सय १२ किलो आयात भएको छ भने गत बर्षो दश महिनामा ८ हजार नौ सय २६ किलो आयात भएको भंसार कार्यालयका सुचना अधिकृत हरिहर प्रसादले जनाएकाछन ।
गत बर्षो दश महिनाको अवधीमा बीरगंज भंसार कार्यालयले यी बस्तुहरुमा एक करोड २४ लाख ४६ हजार रुपैया राजश्व संकल्न गरेको थियो भने जुन चालु आर्थिक बर्षो तुल्नामा ५० प्रतिशत बढी असुली रहेको थियो ।
यी बस्तुहरुमा भंसार राजश्व ३० प्रतिशत लाग्ने गरेको छ भने अन्तशुल्क कर प्रतिकिलो दर्ुइ सय तिस रुपैया लाग्ने सुचना अधिकृतले जनाए ।
यसरी गत बर्षो तुल्नामा चालु आर्थिक बर्षा राजश्व असुलीमा कमी आउनुको कारण खुल्ला सिमानाका भएकाले तस्करीबाट सामान भित्रिएको हुन सक्ने आशंका भंसार कार्यालयको रहेको छ ।
सर्ुर्ती जन्यमा सब भन्दा बढी राजश्व लाग्ने गरेको कारणले गर्दा तस्करहरुले एक पल्ट भंसार तिरेर सयौ पटक प्रहरी प्रशासन , राजश्व अनुसंधान मध्यमान्चलर् इकाई कार्यालय पथलैया बाराका कर्मचारीहरु लगाएतकाहरुलाई ठुलो नजराना तस्करले दिएका कारण बिना चेकजाचको नेपालको बिभिन्न शहरहरुमा पुग्ने गरेको छ ।
यसरी सबै भन्दा बढी भंसार लाग्ने बस्तुहरु नै नेपाल सरकारका कर्मचारीहरुको मिलोमतोमा तस्करी हुने गर्ने हो भने र सम्बन्धित निकाए चुप लागेर अन्धो जस्तो भएर टुलु टुलु हेरेर बस्ने हो भने नेपालको अर्थ तन्त्र नै धारासायी हुने कुरामा दुबिधा छैन ।

0 comments: