BREKING NEWS:


शेखर छतकुली
वीरगंजमाघ ८ गते
मुलुकका अन्य भागका किसानले धान खेतीको रोपाई सकेर केहीले भदैया धान भित्र्याई सके पनि पसर्ँ जिल्लाका किसान भने अझै पनि रोपाईको चटारोमै छन् । यस बर्ष बर्षा ढिलो गरी सुरु भएर उनीहरुले रोपाई गर्न नपाएका भने चाही होंईन । उनीहरु अहिले प्रतिबन्धित लागु औषधहरु ग्ााँजा र अफिमको रोपाईमा व्यस्त छन् । मुलुकमै सबै भन्दा बढी लागु औषधको खेती हुने पसा्रका किसान मध्ये केहीको बेर्ना तयार भएको छ भने केहीले भने तयार भई सकेको गाँजा र अफिमको बेर्ना आ आपुनो खेतमा रोपी सकेका छन् । यस बषृर्ा तिन चरणमा गाजा खेती नष्ट गर्ने पसा्रको प्रहरी प्रशासनले निर्णय गरेको जानकारी पसा्रका प्रजिअ यादब प्रसाद कोईरालाले बताएकाछन । पहिलेा चरणमा बन जंगलको जग्गामा लगाईएका गाजा खेती दोस्रो चरणमा ऐलानी जग्गामा लगाईको गाजा खेती र तेस्रो चरणमा कृषकहरुले आफनो जग्गामा लगाएको गाजा खेती नष्ट गर्ने योजना रहेको प्रजिअ कोइरालाले बताएकाछन । सोही अनुसार यस बर्ष २०६६ साल पुस ३ गते देखी गाजा फडानी कार्य सुरु गरेका थिए । ३ गते पसा्रको संकर सरैया गाबिसमा ३ बिघा र ४ गते ठोरीमा ८ बिघा गाजा फडानी जिल्ला प्रसाशन कार्यालयका प्रशासकिय अधिकृत प्रकाश पोखरेलको नेतृत्वमा गएको २५०जनाको नेपाल प्रहरीले फडानी गरेका थिए । त्यसैगरी २०६६ साल पुस १४ गते जिल्ला प्रहरी कार्यालय पसा्रका प्रहरी नायब उपरिक्षक संजिव सर्माको नेतृत्वमा गएको टोलीले मनवा बजार क्षेत्रमा ५० बिघा गाजा फडानी गरेको पसा्र प्रहरीले जनाएके छ ा पुस १५ गते देखी आज सम्म भने पसा्र प्रहरीले गाजा फडानी कार्यलाई निरन्तरता दिन सकेको छैन । जिल्लाका ८२ गाविस मध्ये करीब ५५ गाबिसमा गाँजा र अफिमको खेती पनि ठूलो परिमाणमा भईरहेको छ । शंकरसरैया बैरीयावीर्ता पटेर्वा सुगौली हरपुर बहुअर्वाभाठा सेढवा सखुवा प्रसौनी बिरुवागुठी जगरनाथपुर नगरदाहा गादी पोखरीया निचुटा महादेवपट्टि बिजबनिया जीतपुर परसवा सुगौली वीर्ता बागेश्वरी तित्रौना मधुवन मथवल धोरे झउवागुठी अमरपट्टी लगायतका गाबिसका कृषकहरुले गाँजा खेती बढी गरेका छन् ।
गाँजा लागु पदार्थ भएकोले गृह मन्त्रालयबाट प्रत्येक बर्ष गाजा खेती रोक्न जिल्लामा निर्देशन गरे पनि कृषकहरुले दिने गरेको नजरानाको कारण पसा्रमा गाजा तथा अफिमको खेती रोक्न सकिएको छैन । दलालहरुको मार्फत कृषकहरुले गाँजा खेती गर्दा तीन किस्तामा प्रहरी प्रशासनलाई पैसा बुझाउने गर्दछन् । यस्तो पैसा जिल्ला मार्फत प्रहरी प्रशासनको केन्द्र सम्म पुग्ने गरेको जनगुनासो रहदै अँएको छ ।
गाँजाको बिउ देखी कटानी सम्म प्रति कट्ठा तीन देखी पाच हजार रुपैया बर्षेनी कृषकहरुले बुझाउदै आएका छन् । प्रत्येक बर्ष प्रहरीले गाँजा काटने गरे पनि त्यो देखावटी मात्र हुने गरेको जनगुनासो रहने गरेको छ । गाँजा खेतीको कारण समय समयमा हुने गरेको डकैती र तस्करहरुबिचको समुह भिडन्तका कारण कतिपय मानिसहरुको मृत्यु समेत हुने गरेको छ । गत बर्ष करीब दुई हजार बिगाहामा गाजा कृषकहरुले रोपेकोमा पसा्र प्रहरीले करीब दुई सय बिगाहामा लगाईएको गाँजा मात्र फडानी गर्न सकेको थियो ।
यस बर्ष पनि गत बर्षकै हाराहारीमा जिल्लामा गाँजा खेती गरीएको अनुमान गरीएको छ । ती मध्ये धेरै जसो यस्ता गाउहरुमा रहेका प्रहरी चौकीको अगाडी पछाडीनै गाँजा अफिम खेती गरीएको दृश्य देख्न सकिन्छ । यस बर्ष ईलाका प्रहरी कार्यालय सेढवाको ५० मिटर अगाडी र पछाडी सयौं बिगाहामा गाजा खेती गरीएको छ । त्यस्तै नेपाल भारत सीमाना भएको प्रहरी चौकी धोरे पोखरीया जानकीटोलाको छेउछाउमा पनि प्रशस्त मात्रामा गाँजा खेती गरीएको छ ।
यहा उत्पादित गाजा र अफिम तस्करी भई भारतको बिभिन्न सहरहरुमा पुग्ने गर्दछ । गाजाको खेतीमा स्थानिय शक्तिशाली नेताहरु समेत संलग्न हुने गरेको र गाजा कटानी हुनबाट रोक्न उनीहरु स्थानिय प्रशासन देखी गृह मन्त्रालय सम्म सकृय हुनुका साथै कृषकहरुद्वारा उठाईएका पैसा पुर् याउने गर्दछन् ।
तत्कालिन पसा्रका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भंडारीले भने आफूले यस बर्ष जिल्लामा गरीएको लागु औषधको खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालयलाई साउन १८ गतेनै आदेश दिईसकेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालयले भने जिल्लामा केन्द्रले लागु औषध नष्ट गर्नका लागि बर्षेनी जम्मा ५० हजार रुपैया बजेट पठाउने गरेकाले नष्ट गर्न समस्या हुने गरेको जिकिर गरेको छ । भारतिय तस्करहरुले स्थानिय बासीहरु संग जग्गा भाडामा लिएर गाजा खेती गर्ने गरेका छन । किसानहरुको जग्गा भाडामा लिएर भारतियहरुले नेपाली किसानहरुको नाममा लागु औषध गाजा र अफिमको खेती गर्दै आईरहेकाछन । यसरी भारतिय तस्करहरु द्धारा नेपाली जमिनमा गाजाको खेती भैरहेको जानकारी हुदाहुदा पनी पसा्रका प्रहरी प्रशासनले कुनै किसिमको जग्गा धनीलाई कारवाही नगर्नुले प्रहरी प्रशासनको मिलोमतो यस जिल्लामा लागु औषधकोखेती भैरहेको स्थानियबासीहरुको आरोप रहेको छ । यस सम्बनधमा हामीले पसा्रका प्रजिअ कोइराला संग सेाधेका थियौ गाजा फडानी कार्य तिन दिन मात्र भयो भनेर सोध्दा कोईरालाले भने यस बर्ष जम्मा सरकारले फडानीको लागी भनेर रु ६० हजार मात्र पठाएको कारण सो रकम ले फडानी गर्न नपुगेको कारण थप रकम फेरी माग गरेका छौ फेरी गृह मंत्रालयबाट रकम आएपछी हामी गाजा फडानी गर्ने प्रजिअ कोइरालाले बताएकाछन । गाजाको बिषयलाई लिएर यस बर्ष सशस्त्र प्रहरी र गाउले बिच भिडन्त हुदा तिन जनाको मृत्यु भैसकेको छ भने नेपाल प्रहरी र गाजा तस्कर बिच भिडन्त हुदा एक जना कोपसा्रमा मृत्यु भैसकेको छ । गाजा फडानी पुण रुपले नगर्नुको कारण प्रत्येक बर्ष प्रहरी प्रशासनले पचास करोडको हाराहारीमा लागु औषधको रकम जिल्लाको घुमुवाहरु म्ाार्फत रगाजा दलालहरु म्ार्फत रकम असुल्ने गर्छन । अहिलेको असक्षम सरकारकै कारण यस जिल्लामा लागु औषधको खेती मा बृद्धी भएको आम जन्तााजनितिज्ञहरुको भनाईरहेको छ ।

0 comments: