BREKING NEWS:


पसा्र बन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रबाट
रामभौरीभाठा मानव बस्ती स्थानान्तरण सुरु

श्ोखर छतकुली
बीरगंज माघ ८ गते
चुरे पर्वतको सिरानमा चारै तिरबाट हरीयो घना जंगलले घेरीएको आफ्नो गाउ पूर्ण रुपले त्यहाबाट स्थानान्तरण हुन थाले पछि पुख्यौर्ंली थात थलो सदाका लागि छोडनु पर्दाको पिरले मन भारी भएको छ सोनबर्षा ९ रामभौरीभाठाका ६८ बर्षिय शंकर महतो थारुको ।
आफ्नो वडाका पूर्व अध्यक्ष समेत रहेका थारु तैपनि खुशिनै छन् । भन्छन् ुयहा जस्तो शुद्ध हावापानी हरीयो वन र रुखरुखमा जडीबुटी त्यहा नपाईएला तर हामीले स्वास्थ्य उपचार सडक र यातायातका साधनको सुविधा सहजै पाउने भए पछि त्यो पनि त ठूलै उपलब्धि हो निु । पसा्रवन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा रहेको उनको गाउनै स्थानान्तरण गर्नलाई त्यहाबाट करीब १० किमी दक्षिणमा एउटा नया बस्ती निर्माण गर्न आरक्ष व्यवस्थापनकै पहलमा सोनबर्षा गाबिसकै वडा नं ७ र ८ मा जग्गा पाए पछि उनी जस्ता सबै गाउलेहरु खुशि छन् । गाउमा रहेको उनीहरुको नम्बरी जग्गा बराबर सट्टा भर्नामा सरकारले उनीहरुलाई त्यतिनै जग्गा र सुकुम्बासीहरुलाई समेत नम्बरी जग्गा उपलब्ध गराए पछि पुस्तौ देखी सुकुम्बासी जीवन बिताई रहेकाहरु पनि खुशि भएका हुन् ।
आरक्षको मध्यवर्ती क्षेत्रमा रहेको उक्त गाउबाट आफ्नो घर र धनमाल माघ मसान्त सम्म हटाई सक्नु पर्ने समयसीमा भएकाले स्थानिय ७५ बर्षिय सुबई महतोलाई अहिले भ्याई न भ्याई छ । उनले आफ्नो घर गोठ भत्काउने काम सुरु गरी सकेका छन् । पुख्र्यौली बस्ती छोड्दा नरमाईलो लागे पनि नया बस्तीमा ग्राभेल सडक कुलो खेत घर बनाउन घडेरी घर गोठ सार्न रकम समेत पाईएकाले आफू सन्तुष्टनै रहेको उनी बताउछन् । थारु र मंगोलियनहरुको यो बस्तीबाट अहिले धमाधम आफ्नो घर गोठ नया बस्तीमा सार्ने काम गाउलेहरुले गरी रहेका छन् ।
सरकारले बसाउन लागेको नया बस्तीमा पाच कठ्ठा जग्गा पाएका ६५ बर्षिय चन्द्रबहादु्र रुम्बाले आफ्नो घर लगभग बनाई सकेका छन् । पहिले सुकुम्बासी रहेका रुम्बा अहिले नम्बरी जग्गाको धनी बन्न पाउदा सन्तुष्ट भएको बताउछन् । ुजीवनको अन्तिम समयमा नम्बरी जग्गाको धनी हुन पाउदा खुशी छु उनले भने । जीवननै जंगल भित्र बिताएकोमा अहिले जंगलबाहिर बस्न पाएकाले सुविधाहरु पनि पाउने भए पछि आफू सन्तुष्ट रहेको उनी बताउछन् ।
आफूहरुको बस्ती र मानविय गतिबिधिका कारण लोपोन्मुख बन्यजन्तु तथा पंक्षीहरु संकटमा पर्ने भएकाले आरक्षको अनुरोध सरकारको निर्णयलाई आफूहरुले शिरोधार्य गरी आफ्नो पुख्र्यौली थातथलो छाड्न सहमत भएको उनीहरुको भनाई छ ।
पसा्र बन्यजन्तु आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत गोपाल बहादुर घिमिरे रामभौरीभाठा बस्ती आरक्षको मुटु रहेको बताउछन् । आरक्षका बन्यजन्तुलाई अति महत्वपूर्ण रहेको यो बस्तीबाट मानव गतिबिधि समाप्त भए वन्यजन्तुले यो क्षेत्रलाई आफ्नो बासस्थान बनाउने दुर्लभ वन्यजन्तु गैडाले समेत यस क्षेत्रलाई बासस्थान बनाउने प्रबल संभवना रहेको घिमिरे बताउछन् । भाठामा मानव निर्मित पोखरी समेत रहेकाले वन्यजन्तुलाई पानी श्रोत समेत उपलब्ध हुने छ । वन्यजन्तुलाई पानीको चरम अभाव रहेको आरक्षमा हाल बन्यजन्तुहरु पानीका लागि घण्टौ हिडेर यहा रहेको कामिनी दह सम्म आउने गरेका छन् । यो बस्तीलाई पुनः प्राकृतिक वनको रुपमा विकास गर्न सके यस क्षेत्रमा पर्यटकको आवागमन बढने प्रचुर सम्भावना रहेको घिमिेरे बताउछन् ।
अधिकृत घिमिरॆले रामभौरीभाठा बस्ती स्थानान्तरण गर्न सोनबर्षा ७ र ८ वडामा राष्ट्रि्रय वन फडानी गरी एक सय सात बिगाहा जग्गाको व्यवस्था गरीएको बताए । साबिकमा नम्बरी जग्गा भएका ४६ र सुकुम्बासीलाई समेत नया बस्तीमा जग्गा उपलब्ध गराईएको छ । नम्बरी जग्गा भएका जग्गा धनीलाई साबिकको जग्गा बराबरको जग्गा सट्टा भर्ना गरी उपलब्ध गराईएको छ । त्यसैगरी सुकुम्बासीहरुलाई प्रति परीवार पाच कठ्ठा नम्बरी जग्गा उपलब्ध गराईएको छ । पुरानो बस्तीमा हाल दुई दर्जन नम्बरी र ३८ सुकुम्बासी घरधुरी रहेकोमा उनीहरुलाई मुल्याङ्कन अनुसार घर सारको लागि प्रति घर न्युनतम पाच हजार देखी ७० हजार रुपैया सम्म नगद उपलब्ध गराईएको छ ।
बस्तीमा बन्यजन्तु पसेर तथा बाली नाली खाएर समेत हैरान पार्ने भएकाले गाउलेहरु सुरक्षित बासस्थानको पक्षमा रहेका थिए । यो बस्ती स्थानान्तरण गर्न ०६० पुस १६ गते मन्त्रिपरीषदबाट रामभौरीभाठा बस्ती स्थानान्तरण समिति गठन भएको थियो । ०६५ माघबाट वन क्षेत्र छुट्याउने रुखहरु हटाउने श्रेस्तापुर्जा बनाउने बस्ती बस्न योग्य बिभिन्न पूर्वाधारहरु निर्माण गर्ने कार्य पुरा भए पछि हाल पुरानो बस्तीबाट नया बस्तीमा घरगोठ स्थानान्तरणको काम दु्रत गतिमा चली रहेको छ । नया बस्तीमा विद्यालय स्वास्थ्यचौकी सडक बिजुली खानेपानी र खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको कार्य समेत हाल जारी रहेको छ ।
यो बस्ती स्थानान्तरण भए पछि त्यहा आरक्ष व्यवस्थापनले सुरक्षापोष्ट राखेर बन्यजन्तुका लागि घासे मैदान लगायतका आवश्यक सुरक्षित बासस्थानका लागि चाहिने संपूर्ण पूर्वाधार निर्माण गरीने अधिकृत घिमिरे बताउछन् । त्रिभुवन राजपथबाट करीब ३० किलोमिटर पश्चिममा उक्त बस्ती रहेको छ ।
आरक्षमा पाटे बाघ गौरी गाई जंगली हात्ति लगायतका जंगली जनावर लोपोन्मुख अवस्थामा रहेका छन् । बादर बदेल निल गाई बिभिन्न जातका सर्प लगायतका वन्य जन्तु आरक्षमा पाईने गर्छन । आरक्षमा समय समयमा चितवन राष्ट्रिय निकुन्जबाट गैडा समेत आएर घुमेर केही दिन बसी फर्कने गरेको छ । बस्ती स्थानान्तरण भए पछि गैडा स्थाई रुपमै यो आरक्षमा बस्ने प्रबल संभावना रहेको छ ।


0 comments: