BREKING NEWS:


सोनबर्षा गाबिसको वन क्षेत्रको दुई हजार रुख काटिए
वन कर्मचारीहरुको मिलेमतो रहेको स्थानिय बासिको आरोप ।

शेखर छतकुली
बीरगंज पुस ३ गते
करिब एक साता यता पसा्रको राष्ट्रिय वन व्यापक रुपले विनाश भई रहेको छ । जिल्लाको सोनबर्षा गाबिस वडा नं ७ र ८ नजिकै चारभैया देखि दक्षिण तर्फको राष्ट्रिय वनको बहुमुल्य काठ दिनदहाडै काटेर तस्कर गिरोहहरुले भारत सम्म पुर् याई रहेका छन् ।
जिल्ला वन कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष सहभागिता र मिलेमतोमा करोडौं रुपैया बराबरको पसा्रको सोनबर्षा बन क्षेत्रका साल र सिरिशको काठ चोरी कटानी तिब्र दैनिक रुपमा भई रहेको स्थानिय बासिन्दाहरुको आरोप रहेको छ । यो वन क्षेत्रमा दिउसै काठ तस्करहरु प्रवेश गरी वन मास्दै गरेको सूचना आफूहरुले खतरा मोलेर भए पनि जिल्ला वन कार्यालयका जिम्मेवार अधिकृतहरुलाई सुचना िदंदा उनीहरु मौन बस्ने वन तस्करहरुको प्रतिकार गर्न वनरक्षक टोली नपठाउने वन तस्करहरुलाई सहजै पक्राउ गर्न सक्ने अवस्था हुदा समेत त्यसो नगर्ने रुख काटिएको वन क्षँेत्रको निरीक्षण र अनुगमन सम्म गर्न नआउने गरेको स्थानिय बासिन्दाहरु आरोप लगाउछन् । डेढ साता यता उक्त वन क्षेत्रमा करीब दुई हजार साल र सिरिशका रुख तस्करहरुले काटेर काठ लग्न सफल भएका छन् । सोनबर्षा ९ निवासी बाबुलाल चौधरी दैनिक जसो यस क्षेत्रमा दिउसै तस्करहरु आरा र बन्चरो सहित वनमा प्रवेश गर्ने टायर गाडा र ट्याक्टरमा बोकेर काठ लग्ने गरेको तर नजिकै रहेको भतौडा रेन्जपोष्टका कर्मचारीहरु भने आर्थिक लाभ लिई मौन बस्ने गरेको आरोप लगाउछन् । ुमैले आफै कति पटक तस्करले रुख काटदै छन् दलबल सहित आउनु पर् यो भनि ईलाका वन कार्यालय पोखरीयाका सहायक वन अधिकृत कपिलदेव पटेल तथा जिल्ला वन कार्यालयका जिम्मेवार अधिकृतहरुलाई समेत खबर गर्दा समेत उनीहरुबाट कुनै प्रतिकृया एक्शन नलिने गरीएकाले यसरी वन विनाश हुनुमा कर्मचारीहरुकै मिलेमतो रहेको पुष्टी भएकोु चौधरीले आरोप लगाएका छन । यस क्षँेत्रमा वन कर्मचारीको संरक्षणमा भई रहेको वन फडानीबाट निस्कने काठको ठूलो हिस्सा भारत तर्फ लगिने र केही वन क्षेत्रकै आसपास अवैध रुपमा संचालन भई रहेका स मिलहरुमा लगेर चिरान गरी बिक्री हुने गरेको चौधरले आरोप लगाएछन् । नजिकै रहेको पसा्र वन्यजन्तु आरक्षको वनको सुरक्षा सेनाले गर्ने भएकाले त्यहाको वन अत्यन्तै घना रहेको तस्करहरुले त्यहा प्रवेश गर्ने हिम्मत समेत नगर्ने गरेको तर संगै जोडिएको राष्ट्रिय वनमा जिल्ला वन कार्यालयका वनपालेहरु गस्तीमै नआउने तस्करहरुलाई वन प्रवेश गर्न छुट दिने काठ तस्करी भई रहदा नजराना लिई छाड्ने सम्मको काम हाका हाकी गर्ने गरेकाले यसै गतिमा वन विनाश भई रहॆ एक दुई बर्ष भित्रै जिल्लाको राष्ट्रिय वन सखाप हुने सम्मको अवस्था आउने गुनासो त्यस क्षेत्रका बासिन्दाहरुको रहेको छ । आफ्नो कार्यक्षेत्र अन्तर्गतको वनमा केही दिन यता तस्करहरु सकि्रय रहेको स्वीकार्ने ईलाका वन कार्यालय पोखरीयाका सहायक वन अधिकृत कपिलदेव पटेल तस्करहरुले वनमा पस्ोर काठको चोरी पैठारी गर्दा आफू राजधानीमा रहेको बताएछन् । आफू व्यक्तिगत कामका लागि पुस २० र २१ गते दुई दिन वीदा लिएर राजधानी गएको र पुस २२ गते राजमोले बन्द आह्वान गरेका कारण आफू त्यस दिन बेलुकी मात्र वीरगंज आउन सकेको पटेलले बताएकाछन् । पुस २२ गते राति १ बजे करीब चार सय वन तस्करहरु एकै साथ वन क्षेत्रमा प्रवेश गरी वन कर्मचारीहरुलाई नियन्त्रणमा लिई गोली समेत फायर गरी रुख काटेर लगेको सूचना आफूले पाएको पटेलको भनाई रहेको छ । हाल कटानी भएको क्षेत्रमा पसा्र बन्यजन्तुबाट स्थानान्तरण गरीएको एक बस्ती निर्माण हुने क्रममा रहेकाले पनि तस्करहरुलाई वन क्षेत्रमा प्रवेश गर्न सहज भएको ईलाका बन अधिकृत पटेलको दाबी छ । दण्डहिनता बढेकाले जोखिम उठाएर वन संरक्षण गर्न समस्या भई रहेको उनको तर्क छ । विनाश भई रहेको वन क्षेत्र आसपासका बासिन्दाहरु भने पसा्र वन्यजन्तु आरक्षको संरक्षण सेनाले गरे जस्तै जिल्लाको राष्ट्रिय वनको संरक्षण पनि सेनाले गर्नु पर्ने माग राख्न थालेका छन् । सेनाले मात्र वन जोगाउन सक्ने भन्दै सोनबर्षाबासीले पसा्र बन्य जन्तु आरक्ष कार्यालय आधाभारमा राष्ट्रिय वन क्षेत्रलाई आरक्षको मध्यवर्ती क्षेत्रमा समेटी सेनाबाटै वनको सुरक्षा गराउन माग सहितको निवेदन हालै दर्ता गराएका छन् । सोनबर्षाबासीको निवेदन परे पनि कार्यालय आफैले यसरी मध्यवर्ती क्षेत्र बिस्तार गर्ने अधिकार नभएकाले केन्द्रको सहमति र निर्णय बिना तत्काललाई यो सम्भव नभएको आरक्षका एक अधिकृत बताउछन् । यसै सम्ाबन्धमा हामीले जिल्ला बन कार्यालय पसा्रका प्रमुख अरुण कुमार श्रिवास्तव संग बुझदा उहा भन्नु हुन्छ दुई हजार बन बिनास भएको कुरा गलत हो १० देखि १५ वटा सम्म मो सालको रुख तस्करहरुले काटेर लगेका छन । तस्करहरु सोनबर्षा बन जंगल भित्र प्रबेश गरेपछी बन रक्षकहरु तस्कर बिच भिडन्त हुदा बन रक्षकले सात राउण्ड गोली समेत फायर गरेपछी रुख काटन आएका तस्करहरु भागेको प्रमुख श्रिवास्तवले बताएका छन । यदी हाम्रो बन कर्मचारीको संलगनता भएमा उनीहरुलाई आफुले कारवाही समेत गर्ने पं्रतिबधता जनाएका छन । र जहा सम्म बन फडानीको कुरा छ त्यस सम्बनधमा इलाका बन अधिकृत कपिलदेव पटेल लगाएत ५ जना संग स्पष्टिकरण लिईसकेको रत्यस सम्बनधमा थप अनुसंधान भईरहेको बन अधिकृत पसा्रका अरुण कुमार श्रिवास्तवले बताएका छन ।

0 comments: