BREKING NEWS:


नेताहरुले भारतियहरुको खुट्टामा ढोग्ने गरेका छन्ु
-मन्त्रि कुशवाहा

शेाखर छतकुली
बिरगंज पुस १४ गते
शिक्षा मन्त्रि रामचन्द्र कुशवाहाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड जस्ता पहाडी समुदायका नेताहरु सधै भारतलाइ गाली गर्ने तर भारतमा गएर भारतियहरुको खुट्टा ढोग्ने गरेको आरोप लगाएका छन् । उनले प्रचन्डालाई ुकहीपे निगाहे कही पे निशानाु उखान जस्तो व्यवहार नगर्न आग्रह समेत गरेका छन् ।
सोमबार रीपोटस्र क्लब पसा्रले वीरगंजमा आयोजना गरेको साक्षात्कारमा उनले प्रचन्डले हालै भारतसंग वार्ता गर्ने सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिको सन्दर्भमा यस्तो आरोप लगाए हुन् । मन्त्रि कुशवाहाले नेपालको भारतसंग अत्यन्त पुरानो सम्बन्ध रहेकाले उसलाई मिनिमाईज गरेर सम्बन्ध बिगार्न नहुने धारणा व्यक्त गरेका थिए ।
उनले एमाओवादीले हाल जारी राखेको स्वायत्त गणराज्य घोषणको कार्यक्रमलाई जातियता भडकाउने खेल मात्र रहेको आरोप लगाउदै तमलोपा लगायत मधेशवादी दलहरुको एउटै मात्र माग समगं्र मधेश एक प्रदेश रहेको बताउदै मधेश प्रदेश नपाईए देश नरहने चेतावनी समेत दिएका थिए । मधेशवादी दल बिना बर्तमान सरकार भोलीनै ढल्ने दाबि गर्दै मन्त्रि कुशवाहाले नेपाली काग्रेसका सभापति गिरीजा प्रसाद कोईरालाले संघियताको बिरुद्ध दिई रहेको अभिव्यक्तिको कुनैै तुक नभएको आरोप लगाएका थिए ।
ुकोईराला सम्मानित नेता हुन माओवादीलाई खुला राजनितिमा ल्याउन उनको ठूलो योगदान रहेको तर त्यसको बदला उनले आफ्नो शव माथिबाट गुज्रेर संघियता बन्छ भनि अभिव्यक्ति दिन्छन भने त्यो उनलाई सुहाउदैनु मन्त्रि कुशवाहाले भने । आफू अहिले पनि शिक्षक लाईसेन्स प्रकृयाको बिरोधमा रहेको बताउदै मन्त्रि कुशवाहाले राहत कोटा बितरणमा आफूले अनियमितता नगरेको जिकिर समेत गरेका थिए ।
उनले नेपाली काग्रेसका पसा्रका सभासद अजय चौरसियाको नामै किटेर उनी आफू बिरुद्ध लागि परेको र उनैले लेखा समितिमा आफू बिरुद्ध राहत कोटा बितरणमा अनियमितता भएको आरोप सहितको उजुरी दिएको बताउदै नेपाली काग्रेसमा व्याप्त पहाडेवादका कारण आफूले नेपाली काग्रेस परीत्याग गरी तमलोपामा प्रवेश गरेको पनि दाबि गरे ।



New Email addresses available on Yahoo!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!

0 comments: